जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षामा अर्जुनचौपारी गाउँपालिका –२ जिल्लामै पहिलो बनेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को मूल्यांकनमा अर्जुनचौपारी –२ स्थित अर्जुनचौपारी स्वास्थ्य चौकी ९०.४ अंकसहित पहिलो बनेको हो ।
मूल्यांकन परिणामअनुसार ९७ वडामध्ये ८९.८ अंकसहित बिरुवा गाउँपालिका –१ स्थित बिरुवा स्वास्थ्य चौकी दोस्रो र भीरकोट नगरपालिका –६ स्थित खिलुङ देउराली स्वास्थ्य चौकी ८९.५ अंकसहित तेस्रो बनेको खोप कार्यक्रम संयोजक मनिष कुमार महतोले जानकारी दिए ।
कार्यक्रमका क्रममा स्वास्थ्य सूचककाअनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने संस्थाहरूलाई सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सम्मान-पत्र प्रदान गरेका थिए ।
समीक्षाले स्वास्थ्य सेवा सुधार, मातृ–शिशु स्वास्थ्य, पोषण, सरसफाइ र स्थानीय स्वास्थ्य कार्यक्रमको प्रभावकारिताबारे विश्लेषण गरेको जनाइएको छ । जनस्वास्थ्य कार्यालयले आगामी वर्ष समुदायमै पुगेर सेवा विस्तार र गुणस्तर अभिवृद्धिको लक्ष्य तय गरेको कार्यालय प्रमुख जनस्वास्थ्य प्रशाशक केशव प्रसाद चापागाईंले बताए ।
जनस्वास्थ्य कार्यालयले हरेक वर्ष विभिन्न सूचकका आधारमा स्थानीय तहको स्वास्थ्य गतिविधि मूल्यांकन गर्दै आएको छ ।
दुई दिनसम्म सञ्चालन भएको समीक्षा गोष्ठीमा ११ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, जिल्ला स्थित अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखहरु र स्वास्थ्य कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो