प्रतिभाकी करिना हिसान कास्कीको तत्स्थान कविता लेखन प्रतियोगितामा सर्वोत्कृष्ट

अतिरिक्त क्रियाकलाप

प्रतिभाकी करिना हिसान कास्कीको तत्स्थान कविता लेखन प्रतियोगितामा सर्वोत्कृष्ट

'सानैदेखि साहित्यमा अभिरुची जगाउन यस्ता कार्यक्रम फलदायी'

prativa first

उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीद्वारा आयोजित तत्स्थान कविता लेखन तथा वाचन प्रतियोगितामा प्रतिभा माविकी छात्रा करिना काफ्ले प्रथम भएकी छन् ।

प्रतियोगितामा त्रिवेणी सेकेण्डरी स्कूलकी दियन्का गुरूङ द्वितीय र सगरमाथा स्कूलका कृतज्ञ अधिकारी तृतीय भए । हिल प्वोइन्ट सेकेण्डरी स्कूलका आशिष लामिछानेले सान्त्वना स्थान प्राप्त गरे ।

प्रतियोगितामा सहभागीहरूलाई ‘स्वप्न सम्मेलन र खरानीमा देश’ शीर्षक दिएर कविता लेख्न लगाइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अग्रज कवि तीर्थ श्रेष्ठले कविता र यसका आयामबारे परिचर्चा गरेका थिए । सानैदेखि विद्यार्थीलाई साहित्यमा अभिरुची जगाउनका लागि यस्ता कार्यक्रम निकै फलदायी हुने बताउँदै कवि श्रेष्ठले नयाँ पुस्ताको प्रतिभाको खुलेर प्रशंसा गरे ।

प्रतियोगिताको निर्णायकहरूमा कवि इश्वरमणि अधिकारी र लक्ष्मण थापा रहेका थिए ।

हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष डा. ढाकाराम कँडेलले स्वागत तथा प्रतियोगिता संयोजनसमेत गरेका पुनर कुँवरले सुञ्चालन गरेका थिए ।

प्रतिभा माविले सर्वोत्कृष्ट हुन सफल विद्यार्थी करिनालाई बधाई ज्ञापन गरेको छ ।

Screenshot

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ