पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्ट्रिय स्वतन्त्र पार्टीका युवा नेताहरू पोखरामा पक्राउ परेका छन् ।
राप्रपाका केन्द्रीय सदस्य अर्जुन खनाल र रास्वपाका स्थानीय नेता विक्रम पाण्डे (अभिमन्यू) मंगलबार पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले जेन–जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडमा संलग्न भएको आरोपमा छानविनका लागि पक्राउ गरेको जनाएको छ ।
आन्दोलनमा ठूलो भौतिक क्षति व्यहोरेका गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री तथा काँग्रेस नेता विन्दु कुमार थापाको जाहेरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताएको छ ।
थापाको जाहेरीपछि राप्रपाका नेता खनाल पक्राउ परेको भन्दै राप्रपाका अर्का युवा केन्द्रीय सदस्य अरुण गिरीले सामाजिक सञ्जालमा विरोध गरेका छन् ।
पाण्डेको विषयमा बुझ्न जिल्ला प्रहरी कार्यालय जाँदा प्रहरीले ‘तपाईँ विरुद्ध पनि उजुरी छ’ भन्दै खनाललाई नियन्त्रणमा लिएको हो ।
रास्वपाका पाण्डेमाथि पोखरामा माइकिङ गर्दै विभिन्न व्यक्तिको घर तोडफोडका निम्ति अपिल गरेको आरोप लागेको छ ।
पृथ्वीचोकमा रहेको शहीद लखन थापाको शालिक फुटाउनेसँगै व्यवसायी थापा परिवारको घरमा आगजनी गर्नेसम्मको भूमिकामा उनी सक्रिय रहेको कास्की प्रहरी बताउँछ । मंगलबार बिहान उनी पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरु आन्दोलनमा संग्लग्न भएको तस्वीर, भिडियोसहितका प्रमाण संकलन गरेको प्रहरीले जनाएको छ ।
पाण्डेले प्रहरीले पक्राउ गरेको भन्दै लगातार दुई फेसबुक स्टाटस लेखेर डिलिट गरेका छन् ।
उनले जेन-जी आन्दोलनबारे सोधपुछ भनेर आफूलाई पक्राउ गरेको लेखेका थिए । लगत्तै पाण्डेले बिन्दु कुमार थापाको जाहेरीका आधारमा आफूलाई पक्राउ गरिएको र जहाँ आफू २ जना प्रहरीलाई जोगाउन पुगेको भनेर फेसबुकमा लेखेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु