पोखरा महानगरपालिका वडा नं. १३, आर्वामा विहीबारदेखि एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस प्रतियोगिता हुँदैछ ।
डाउन टिल डस्क प्रालिको आयोजनामा यही कात्तिक २७ देखि २९ गतेसम्म आर्वाको महाप्रभु धाममा चल्ने तेस्रो संस्करणको प्रतियोगितामा साइक्लिङको डाउनहिल एक दशमलव ६ किलोमिटरको दूरीमा नेपाल सहित विभिन्न १३ देशका साईक्लिस्टले प्रतिस्पर्धा गर्ने वडाध्यक्ष किरण बरालले जानकारी दिए ।
नेपालसहित, अस्ट्रेलिया, सिंगापुर, क्यानडा, जर्मन, अमेरिका, ओमान, जापान, श्रीलंका सहितका साईक्लिष्टहरुको सहभागिता हुने पक्का भएको छ । प्रतियोगितामा ६० साईक्लिस्टले भाग लिने छन् भने ६ इभेन्टमा प्रतिस्पर्धा गराईने प्रालिका प्रवन्ध निर्देशक एवं रेस निर्देशक सुनीलचन्द्र शर्माले बताए ।
जुनियर १२ देखि १८ वर्षसम्म, पुरुष एलिट १९ वर्षमाथि खुला महिला १९ वर्षदेखि माथि, मास्टर ए पुरुष ३० देखि ३९ वर्षसम्म मास्टर बी पुरुष ४० देखि ४९ वर्षसम्म र भेट्रान्स पुरुष ५० वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा हुने प्रालिले जनाएको छ ।
३० वर्षदेखि साइक्लिङ क्षेत्रमा काम गर्दै आएका रेस निर्देशक शर्माले आर्वासहित मणिदिप क्षेत्रलाई साइक्लिङको गन्तव्य बनाउन विगत ३ वर्षदेखि प्रतिस्पर्धा आयोजना गर्दै आएको बताए । विभिन्न ६ साइक्लिङ रेसका लागि ट्रेल बनाइएको छ । प्रतिस्पर्धामा उत्कृष्ट पाँच प्रत्येक इभेन्टकालाई साईक्लिङ एसोसिरिज पुरस्कार स्वरुप प्रदान गरिनेछ । उत्कृष्ट जम्प गर्ने साईक्लिस्टले ३० हजार बराबरको पुरस्कार प्रदान गरिने प्रालिले जनाएको छ ।
यस प्रतियोगिताले आर्बाको पर्यटन विकास मात्र नभई पोखराको खेल पर्यटनलाई विश्वमाझ पुर्याउने वडाध्यक्ष बरालले बताए । आर्बालाई साईक्लिङका हब बनाउने उद्देश्यसहित प्रालिले सन् २०२० देखि काम सुरु गरेको थियो ।
कास्की जिल्ला साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले पोखरा एन्ड्युरो जस्ता अन्तर्राष्ट्रियस्तरका कार्यक्रमले पोखरालाई ‘साहसिक पर्यटनको राजधानी’का रूपमा स्थापित गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा