अदालतबाट भएका फैसलाको कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन स्याङ्जा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।
सुरक्षित र न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले फरार रहेका चार जना दोषीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये पुतलीबजार नगरपालिका –१२ का २८ वर्षीय मनकाजी गुरुङ लागूऔषध सम्बन्धी मुद्दामा एक हजार नौ सय पच्चीस रुपैयाँ जरिवाना तिर्न बाँकी रहेका थिए । सोही वडाकी ५५ वर्षीया चन्द्रावली गुरुङ ठगी मुद्दामा एक हजार रुपैयाँ जरिवाना भुक्तान नगरी फरार थिइन् ।
त्यसैगरी, साविक पेल्काचौर गाविस –७ हाल पुतलीबजार –१२ का मोति बहादुर गुरुङ जबरजस्ती करणी मुद्दामा अदालतबाट ९ वर्ष ११ महिना १७ दिन कैद सजाय पाएका थिए भने वालिङ नगरपालिका –८ की ६५ वर्षीया गोमता सुवेदी अंश दपोट मुद्दामा पाँच हजार छ सय ३७ रुपैयाँ जरिवाना बाँकी राखी फरार रहेकी थिइन् ।
प्रहरीले उनीहरूलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ । प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीका अनुसार अदालतको आदेश कार्यान्वयनमार्फत कानूनको शासनलाई बलियो बनाउने लक्ष्यसहित प्रहरी सक्रिय बनेको हो ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा