विश्व बालदिवसको अवसरमा एकीकृत सेवा कार्यालय स्याङ्जाद्वारा आयोजना गरिएको पञ्चेबाजा प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाको जनता माध्यमिक विद्यालय प्रथम भएको छ ।
आँधीखोला गाउँपालिकास्थित जनहित मावि द्धितीय स्थानमा रहँदा पुतलीबजार नगरपालिकाको लामागे पञ्चेबाजा समूह तृतीय बनेको छ । पुतलीबजारकै सरस्वती मावि नाङ्गडाँडाले सान्त्वना स्थान प्राप्त गरेको छ । विजेताहरूलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार र ४ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
जिल्ला स्तरीय पञ्चेबाजा प्रतियोगितामा आदर्श सोनाम उत्कृष्ट सहनाइ बादक घोषित भए भने उत्कृष्ट ढोलकी बादकको पुरस्कार राहुल परियारले पाएका थिए । यसैगरी, कुशल परियारले प्रोत्साहन पुरस्कार जितेका थिए ।
बिजयी समूहलाई गण्डकी प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका संयोजक सुधिर पौडेल र एकीकृत सेवा कार्यालय प्रमुख जीवन पौडेलले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले कला, संस्कृति संरक्षण र पुस्तान्तरणका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । बालबालिकाको अधिकार, क्षमता र आवाजलाई संगीत र गायनमार्फत् अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने विश्वास उनले व्यक्त गरे । समाजमा बढ्दो अराजकताले बालअधिकारमा असर पर्न थालेको बताउँदै पौडेलले जिम्मेवार नागरिकको भूमिकाले मात्र बालमैत्री समाज बन्न सक्ने धारणा राखे । पञ्चेबाजा प्रतियोगिताले बालबालिकामा मौलिक संस्कृतिप्रतिको प्रेम र पहिचान थप बलियो बनाउने विश्वास समेत उनले व्यक्त गरे ।
बालमैत्री वातावरण निर्माण, संस्कृतिको पुस्तान्तरण र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिए । बालसञ्जाल स्याङ्जाकी अध्यक्ष सुजाता पौडेलले बालअधिकार र क्षमताको पहिचानमा यस्तो कार्यक्रम उपयोगी हुने बताइन् ।
उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयअन्तर्गत एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा भएको प्रतियोगितामा विभिन्न पालिकाबाट ८ समूह सहभागी थिए भने प्रतियोगितामा बाल अधिकारका सन्देशमूलक गीत र नृत्य प्रस्तुत गरिएको थियो ।
प्रतियोगितामा पुतलीबजार नगरपालिकाबाट सरस्वती मावि नाङ्गडाँडा र लामागे बाजा समूह, कालिगण्डकी गाउँपालिकाबाट जनता मावि, गल्याङ नगरपालिकाबाट नेपाल राष्ट्र मावि, भीरकोट नगरपालिकाबाट भाग्योदय मावि, आँधीखोला गाउँपालिकाबाट जनहित मावि, त्रि–शहिद नमुना मावि र प्रधुम्न पनेरु मावि सहभागी भएका थिए ।
प्रतियोगिताको निर्णय राष्ट्रिय संगीतकर्मी संघ स्याङ्जाका अध्यक्ष बुद्धि बहादुर परियार, पञ्चेबाजा विज्ञ रेशम दर्जी र पुतलीबजार प्रज्ञाप्रतिष्ठानका सदस्य रामचन्द्र परियारले गरेका थिए । कार्यक्रमकै बीच चर्चित लोकगायक तथा सर्जक लोकनाथ सापकोटाले सांगीतिक प्रस्तुति दिएका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो