प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जिल्लामा ८ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि सञ्चालन भएको मतदाता दर्ता अभियानमार्फत स्याङ्जामा ८ हजार २२५ नयाँ मतदाता थपिएका छन् ।
गत असोज ९ देखि मङ्सिर ५ गतेसम्म नाम दर्ता खुला गरिएकोमा कार्यालयमा पुगेर तथा राष्ट्रिय परिचयपत्रमार्फत दुवै माध्यमबाट मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।
उनका अनुसार कार्यालयमै पुगेर एक हजार ८४१ जनाले नाम दर्ता गराएका छन् भने राष्ट्रिय परिचयपत्रमार्फत छ हजार ३८४ जनाले दर्ता गराएका छन् । राष्ट्रिय परिचयपत्र बनाएकाले सिधै अनलाइनबाटै नाम दर्ता गर्न सकिने भएकाले धेरै मतदाता परिचयपत्रमार्फतै नाम दर्ता भएको निर्वाचन अधिकारी थापाको भनाइ छ ।
राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था कार्यान्वयन भएपछि असोज २८ गतेदेखि मङ्सिर ५ गतेसम्म एक हप्तामै स्याङ्जामा परिचयपत्रमार्फत मात्र ६ हजार ३८४ जनाले नाम दर्ता गरेका जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।
राष्ट्रिय परिचयपत्रको प्रयोगसँगै विदेशमा रहेका र रोजगारका कारण बाहिर बस्नेहरु विशेष लाभान्वित भएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले बताए । उनका अनुसार मङ्सिर २० गते प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिने छ । त्यसपछिको अद्यावधिक प्रक्रिया पूरा भएपछि नाम दोहोरो परेका, नागरिकता त्याग र रद्द गरेका, कागजात अपुग भएका तथा मृत्यु भएका नागरिकको विवरण छुट्याइनेछ ।
प्रमुख थापाका अनुसार पुस १५ मा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नामावली अद्यावधिकको काम पूरा भएपछि मात्र स्याङ्जाको पूर्ण मतदाता विवरण तयार हुने उनले जानकारी दिए ।
२०७९ साल मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जामा दुई लाख ४४ हजार ०८९ मतदाता रहेका थिए । तर निर्वाचन आयोगले पछिल्लो पटक कार्तिक १६ गते सार्वजनिक गरेको मतदाता नामावली अनुसार स्याङ्जामा मतदाता संख्या दुई लाख ४१ हजार ६९९ जना मात्र कायम भएको छ ।
सम्बन्धित खबर
निर्वाचन प्रहरी भर्नाको समय दुई दिन थप
आँधीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रि–शहिद माविलाई
लागूऔषध मुद्दामा फरार रहेका दुई प्रतिवादीसहित तीन जना पक्राउ
निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा अवैध हतियार बुझाउन प्रशासनको आग्रह
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै
भीरकोट नगरसभाबाट दुई ऐन पारित
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति