स्याङ्जाको मध्यभागमा रहेको वालिङ बजारमा आगामी माघ १४ देखि २५ गतेसम्म ‘नवौँ वालिङ महोत्सव’ हुने भएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ नारासहित प्रदेशस्तरीय कृषि, पर्यटन, संस्कृति र औद्योगिक व्यापार मेला तथा वालिङ् महोत्सवको आयोजना गरिएको हो ।
वालिङ उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवमा व्यापारिक मेला, विद्यालयस्तरीय नृत्य, लोकदोहोरी, सुन्तला तथा ताजा तरकारी प्रदर्शनी महोत्सवका मुख्य आकर्षण रहने संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए । स्थानीय उत्पादनलाई प्राथमिकता दिएर महोत्सव सञ्चालन गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
महोत्सवमा अर्गानिक कफी, पशुपंक्षीका उन्नत जात तथा प्रविधि, अदुवा–जडीबुटी, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी, हस्तकला, खेलकुद प्रतियोगिता र बाल उद्यानसमेत समावेश हुने संघले जनाएको छ ।
गण्डकीमा लेखनाथ महोत्सवपछिको सफल उदाहरणका रूपमा चिनिँदै आएको वालिङ महोत्सवलाई विगतका संस्करणभन्दा फरक र अझ आकर्षक बनाउने तयारी भइरहेको संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए । “यो महोत्सव वालिङबासी मात्र होइन, सारा जिल्लाको पहिचान हो,” उनले भने, “अगाडि बढेको कृषि, संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनमा यसले ठूलो भूमिका खेलेको छ ।”
यसपटकको महोत्सवमा १० करोड रुपैयाँ बराबरको कारोबार र तीन लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको आयोजकले जनाएको छ । महोत्सवबाट एक करोड ७६ लाख आम्दानी र एक करोड दुई लाख खर्चपछि झण्डै ७३ लाख बचत गर्ने लक्ष्य आयोजक संघले राखेको छ ।
हरेक दुई–दुई वर्षमा मनाइँदै आएको यो ऐतिहासिक महोत्सवले आर्थिक र सांस्कृतिक उन्नतिसँगै वालिङलाई एक सुन्दर र सक्रिय शहरका रूपमा चिनाउन निरन्तर टेवा दिँदै आएको छ । नवौं संस्करणसम्म आइपुग्दा महोत्सवलाई सफल बनाउन स्थानीयदेखि जिल्लाबासीकै साथ रहेको छ ।
सम्बन्धित खबर
निर्वाचन प्रहरी भर्नाको समय दुई दिन थप
आँधीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रि–शहिद माविलाई
लागूऔषध मुद्दामा फरार रहेका दुई प्रतिवादीसहित तीन जना पक्राउ
माघे संक्रान्ति/माघी पर्वको अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना
निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा अवैध हतियार बुझाउन प्रशासनको आग्रह
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति