स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले चार दिनसम्म विद्यालय–विद्यालयमै आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा दुई हजार बढी विद्यार्थी लाभान्वित भएका छन् ।
वडागत रूपमा सञ्चालन गरिएको उक्त शिविरमा कुल २ हजार २५९ जनाले सेवा लिएका छन् भने २१७ जनामा थप उपचार आवश्यक देखिएपछि रेफर गरिएको छ ।
पहिलो दिन वडा नं. १ का विद्यालयहरूमा सुरु भएको शिविरमा ७४३ जनाको आँखा परीक्षण गरिँदा १०१ जना विद्यार्थीलाई रेफर गरिएको थियो । दोस्रो दिन वडा १, २ र ३ का विद्यालयमा परीक्षण हुँदा ५६१ जनाको परीक्षण गर्दा ४७ जनालाई थप उपचारका लागि रेफर गरिएको थियो ।
यस्तै, तेस्रो दिन वडा नं. ५ का विद्यालयमा जाँच गरिएको थियो, जहाँ ४२६ जनाले परीक्षण गर्दा ३४ जनामा समस्या भेटिएको थियो । चौथो दिन वडा ४ र ६ का विद्यालयमा परीक्षण हुँदा ५२९ जनाले सेवा लिएका थिए भने ३५ जनालाई रेफर गरिएको थियो ।
विद्यालयमै गएर स्वास्थ्य सेवा पुर्याउनु गाउँपालिकाको प्राथमिकतामा रहेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । विद्यार्थीको दृष्टि समस्याले पढाइ र विकास दुवैमा प्रभाव पार्ने बताउँदै तिवारीले यस्तो लक्ष्यित स्वास्थ्य सेवा गाउँघरमै पुर्याइरहेको बताए । उनले रेफर भएका बालबालिकालाई पनि सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराइने बताए ।
उनले स्थानीय विद्यालय, अभिभावक र स्वास्थ्यकर्मीको सहकार्यका कारण अभियान प्रभावकारी बनेको उल्लेख गर्दै पालिकाले सुरु गरेको ‘स्वस्थ आँखाबाट उज्यालो भविष्य’ अभियानलाई निरन्तरता दिने बताए ।
परीक्षणबाट रेफर गरिएका विद्यार्थीहरूको पहिलो चरणको उपचार गाउँपालिका भवनमै रहेको आँखा उपचार केन्द्रमार्फत गरिने प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिए । यहाँसमेत समाधान नहुने अवस्थामा हिमालयन आँखा अस्पताल पोखरामा निःशुल्क उपचारका लागि पठाइने अर्यालले बताए ।
सम्बन्धित खबर
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
माइक्रोबसको ठक्करबाट महिला घाइते
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त