काठमाण्डौ । आठौं सामाजिक सुरक्षा दिवस– २०८२ का अवसरमा पोखराको चरक मेमोरियल हस्पिटललाई सम्मान गरिएको छ ।
चरक मेमोरियलले सामाजिक सुरक्षा कोषमा सूचीकृत भई योगदानकर्ताहरूलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह र्ने सेवा प्रदायक स्वास्थ्य संस्थाहरुमध्ये गण्डकी प्रदेशबाट सबैभन्दा बढी योगदानकर्ताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था बन्न सफल भएकोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विहीबार काठमाण्डौमा एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
प्रमुख अतिथि प्रधानमन्त्री शुशिला कार्कीले चरक मेमोरियल हस्पिटल, पोखराका प्रबन्ध निर्देशक कपिल पोखरेललाई सम्मान पत्र प्रदान गरेकी हुन् ।
निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकीका अध्यक्षसमेत रहेका पोखरेलले नेपाल सरकारले सम्मान गरेकोमा खुशी व्यक्त गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्राल सचिव एवम् कोष संचालक समितिका अध्यक्ष कृष्णहरि पुष्करको अध्यक्षतामा सम्पन्न भएको समारोहमा कोषका कार्यकारी निर्देशक, कविराज अधिकारीको स्वागत मन्तव्य, ILO Nepal का Country Director: Numan Özca, FNCCI का अध्यक्ष चन्द्र प्रसाद ढकाल, JTUCC अध्यक्ष जगत बहादुर सिंखडाले मन्तव्य राखेका थिए ।
सामाजिक सुरक्षा: सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सन योग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिकको जीवन रक्षा’ भन्ने मूल नारासँगै केन्द्रमा प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा, प्रदेशगत रुपमा मूख्यमन्त्री र पालिकाहरुमा मेयर/ गाउँपालिका अध्यक्षहरुको प्रमुख आतिथ्यतामा आठौं सामाजिक सुरक्षा दिवस २०८२ को अवसरमा देशभर विभिन्न कार्यक्रमहरूको आयोजना गरी आज मनाइएको हो ।
२०७५ मंसिर ११ गते औपचारिक क्षेत्रबाट प्रारम्भ भएको सामाजिक सुरक्षा कार्यक्रम २०७९ चैत्र ८ बाट वैदेशिक रोजगार क्षेत्र, २०८० श्रावण ३१ बाट अनौपचारिक र स्वरोजगार क्षेत्रका साथै २०८२ बैशाख १ गतेदेखि सार्वजनिक क्षेत्र गरी सबैका लागि सामाजिक सुरक्षाको प्रत्याभुति गर्ने निकायको रूपमा सामाजिक सुरक्षा कोष स्थापित भइसकेको छ।
कोषमा मिति २०८२ मंसिर १० गतेसम्मको अद्यावधिक तथ्यांक अनुरुप औपचारिक क्षेत्रका २२,३३२ रोजगारदाता संस्थामा कार्यरत करिब ६ लाख ५० हजार श्रमिक र वैदेशिक क्षेत्रका करिब २० लाख श्रमिक समेत गरी करिब २६ लाख ५० हजार योगदानकर्ता आवद्ध भइसकेका छन् भने सोही मितिसम्म ९५ अर्व ६८ करोड योगदान रकम संकलन हुनुका साथै १७ अर्व ७२ करोड रकम सुविधा बापत भुक्तानी समेत भइसकेको छ ।
सम्बन्धित खबर
इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने
सरकारी कर्मचारीलाई अब १५/१५ दिनमा तलब
भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्ले लगायो ताला
विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको सलाइन उत्पादन सुरु, एलेक्सा लाइफ साइन्सेजकाे आयात प्रतिस्थापन गर्ने लक्ष्य
बालेन र रविलाई गाली गरी भिडिओ बनाउँदा पक्राउ परेका युट्युबरले ओलीविरुद्ध पनि बनाउँथे
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?