शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु

खेलकुद

शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु

shanti niketan sports (1)

पोखरा, पर्स्याङ स्थित शान्ति निकेतन विद्यालयको दुईदिने वार्षिक खेलकुद महोत्सव आजदेखि सुरु भएको छ।

‘स्वस्थ मन, खुसी मुटु, खेलकुदमार्फत् सफल जीवन’ भन्ने नारासहित सुरू खेलकुद  कार्यक्रमको उद्घाटन कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले गरे ।

प्रमुख अतिथि गुरुङले सहभागी विद्यार्थीहरूलाई शुभकामना दिँदै आगामी वर्षदेखि शान्ति निकेतन विद्यालयलाई पोखरा रंगशाला मैदानमा वार्षिक खेलकुद महोत्सव आयोजना गर्न आवश्यक सहयोग उपलब्ध गराइने घोषणा गरे । यसले विद्यार्थीहरूलाई अझ ठूलो अवसर र अनुभव प्राप्त हुने उनले उल्लेख गरे ।

प्राचार्य डा. महेश्वर पराजुलीले विभिन्न तहका खेल प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका विद्यालयका गौरवशाली विद्यार्थीहरूको प्रशंसा गरे। उनले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकासमा पुर्‍याउने महत्वपूर्ण योगदानबारे जोड दिए।

विद्यार्थीहरूले आकर्षक तेक्वान्डो डेमो तथा मार्चपास प्रस्तुत गरी उद्घाटन समारोहलाई ऊर्जाशील र रोमाञ्चक बनाएका थिए।

कार्यक्रमको अध्यक्षता गरेका विद्यालय सञ्चालक समितका अध्यक्ष कृष्णमणि भुर्त्यालले विद्यार्थीसँग खेलकुदको दीर्घकालीन महत्व सम्झाउँदै सक्रिय सहभागिताको लागि प्रेरित गरे।

उप–प्राचार्य यदुविलास भुर्त्याल तथा खेलकुद संयोजक/ईसीए इन्चार्ज भुवानी अधिकारीको उपस्थिति रहेको थियो।

कार्यक्रम विद्यालयका परीक्षा प्रमुख हेम सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो। अभिभावक, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको कार्यक्रममा दुईदिने खेलकुद उत्सवको उत्साहपूर्ण सुरु भएको घोषणा गरियो।

विभिन्न ४ सदनबाट प्रतिनिधित्व गरी विद्यार्थीहरूले विभिन्न खेलकुद प्रतियागिताहरुमा भाग लिनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ