पोखरा, पर्स्याङ स्थित शान्ति निकेतन विद्यालयको दुईदिने वार्षिक खेलकुद महोत्सव आजदेखि सुरु भएको छ।
‘स्वस्थ मन, खुसी मुटु, खेलकुदमार्फत् सफल जीवन’ भन्ने नारासहित सुरू खेलकुद कार्यक्रमको उद्घाटन कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले गरे ।
प्रमुख अतिथि गुरुङले सहभागी विद्यार्थीहरूलाई शुभकामना दिँदै आगामी वर्षदेखि शान्ति निकेतन विद्यालयलाई पोखरा रंगशाला मैदानमा वार्षिक खेलकुद महोत्सव आयोजना गर्न आवश्यक सहयोग उपलब्ध गराइने घोषणा गरे । यसले विद्यार्थीहरूलाई अझ ठूलो अवसर र अनुभव प्राप्त हुने उनले उल्लेख गरे ।

प्राचार्य डा. महेश्वर पराजुलीले विभिन्न तहका खेल प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका विद्यालयका गौरवशाली विद्यार्थीहरूको प्रशंसा गरे। उनले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकासमा पुर्याउने महत्वपूर्ण योगदानबारे जोड दिए।
विद्यार्थीहरूले आकर्षक तेक्वान्डो डेमो तथा मार्चपास प्रस्तुत गरी उद्घाटन समारोहलाई ऊर्जाशील र रोमाञ्चक बनाएका थिए।

कार्यक्रमको अध्यक्षता गरेका विद्यालय सञ्चालक समितका अध्यक्ष कृष्णमणि भुर्त्यालले विद्यार्थीसँग खेलकुदको दीर्घकालीन महत्व सम्झाउँदै सक्रिय सहभागिताको लागि प्रेरित गरे।
उप–प्राचार्य यदुविलास भुर्त्याल तथा खेलकुद संयोजक/ईसीए इन्चार्ज भुवानी अधिकारीको उपस्थिति रहेको थियो।

कार्यक्रम विद्यालयका परीक्षा प्रमुख हेम सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो। अभिभावक, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको कार्यक्रममा दुईदिने खेलकुद उत्सवको उत्साहपूर्ण सुरु भएको घोषणा गरियो।
विभिन्न ४ सदनबाट प्रतिनिधित्व गरी विद्यार्थीहरूले विभिन्न खेलकुद प्रतियागिताहरुमा भाग लिनेछन् ।

सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन