पोखरा तेर्सापट्टिस्थित एभरग्रीन एकेडेमीले मौलिक सांस्कृतिक प्रस्तुतीका साथ ‘कल्चरल शो’ सम्पन्न गरेको छ ।
साविक कल्पना सिनेमा हलको स्थानमा अत्याधुनिक भवन निर्माण गरी यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आएको एकेडेमीले पहिलो पटक सांस्कृतिक प्रस्तुती कार्यक्रम राखेको हो ।

करीब साढे ३ घण्टा चलेको कार्यक्रममा विद्यार्थीहरुले नेपाली परम्परागत संस्कृतिलाई गीत, नृत्यका रुपमा प्रस्तुत गरे । चेतनामूलक नाटक प्रस्तुतीका साथै एकेडेमीका शिक्षिकाहरु, नृत्य शिक्षकहरुले समेत प्रस्तुती राखे ।
विद्यार्थीहरुले नेपालको मौलिक बाजागाजा, औजारहरु, कृषि सामाग्रीहरुका बारेमा परिचयात्मक प्रस्तुती पनि राखे । यस्तै, साना विद्यार्थीहरूले भजन पनि प्रस्तुत गरे । अभिभावकहरुले विद्यालयले प्रतिभा प्रस्फुटनका यस्ता कार्यक्रम राखेकोमा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरे । उनीहरूले अंग्रेजीसँगै नेपाली भाषामा पनि विद्यार्थीहरुलाई दख्खल बनाउँदै सबैका अगाडि स्टेजमा बोल्न सक्ने बनाएकोमा शिक्षिका र विद्यालय परिवारको प्रशंसा गरे ।

विद्यालय सञ्चालक समिति अध्यक्ष नारायण पौडेलले अहिले टोडलरदेखि कक्षा ५ सम्मको पढाइ सञ्चालन गरेको एभरग्रीन एकेडेमीले आगामी शैक्षिक सत्रमा कक्षा ६ देखि ८ सम्मको कक्षा थप गर्ने जानकारी गराए ।
उनले विद्यार्थीहरुलाई सानैदेखि आफ्नो मौलिक पहिचान, भेषभुषा, राष्ट्रियतचा सम्बन्धमा जानकारी आवश्यक हुनाले यो कार्यक्रम आयोजना गरेको बताउँदै अन्तरनिहीत प्रतिभा अभिवृद्धिका लागि पनि सहयोग पुग्ने उल्लेख गरे ।

विद्यालयका निर्देशक किरण सापकोटाले विद्यार्थीलाई अक्षर चिनाउँदै उनीहरुलाई सिर्जनात्मक, व्यावहारिक बनाउन ऐकेडेमी क्रियाशील रहेको बताए ।
विद्यार्थीहरुका आ–आफ्नै सिर्जनात्मक क्षमता हुने भएकाले विद्यालयले पनि सोहि बमोजिमको वातावरण तयार गर्नुपर्ने हुनाले यस्ता प्रकारका कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।

विद्यालयमै नर्ससहितको हेल्थ डेस्क, साइन्स ल्याब, लाइब्रेरी, तल्ला चढ्न लिफ्टसहित अत्याधुनिक सेवासुविधा उपलब्ध एकेडेमीमा हाइजेनिक खाजाको व्यवस्था, एसीसहितको बस सुविधा, सबै विद्यार्थीका लागि कपडा तथा किताब राख्ने दराजको व्यवस्था गरिएको छ ।







सम्बन्धित खबर
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षा आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
क्याम्पस पढाउन पनि अब लाइसेन्स आवश्यक
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो