पोखरा । नेसनल प्याब्सन, कास्की आयोजनामा पोखरामा हुने दोस्रो बृहत् बालप्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ तयारी पूरा भएको छ । यी दुई इभेन्ट पोखरा प्रदर्शनी केन्द्र र पोखरा रंगशालामा छुट्टाछुट्टै समयमा हुँदैछन्।
संस्थाका अध्यक्ष हेमन्त अधिकारीका अनुसार यही २० देखि २३ मंसिरसम्म पोखरा रंगशालामा खेलकुद प्रतियोगिता हुनेछ । यसैगरी, बालप्रतिभा पहिचान कार्यक्रम २४ देखि २६ मंसिरसम्म पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ । औपचारिक उद्घाटन २४ गते नै हुनेछ।
एन प्याब्सन कास्कीमा आवद्ध ४३ विद्यालयका १५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । विजेता विद्यालय तथा विद्यार्थीलाई पुरस्कारस्वरुप ट्रफी, मेडल प्रदान गरिनेछ।
महोत्सवमा कास्कीसहित छिमेकी जिल्लाका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी तथा तिनका अभिभावकले समेत अवलोकन गर्न आउने जनाइएको छ । ‘यो महोत्सव विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन मात्र नभई, सिकाइको थलो पनि हुने हामीले विश्वास लिएका छौं,’ उनले भने ।
बालप्रतिभा पहिचानअन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकलाअन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्री र अंग्रेजी वक्तृत्वकला हुने एन प्याब्सन कास्कीका अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए ।
अंग्रेजी वक्तृत्वकलामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मकै विद्यार्थीले भाग लिने प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।
त्यसैगरी, खेलकुदतर्फ छात्र क्रिकेट प्रतियोगिता र छात्र फुटसल प्रतियोगिता हुनेछ । क्रिकेटतर्फ कक्षा १ देखि १० सम्मका र फुटसलमा कक्षा ११ र १२ का विद्यार्थीले मात्र भाग लिने कोषाध्यक्ष राजु केसीले बताए ।
२० मंसिरमा सुरु हुने क्रिकेट प्रतियोगिता उद्घाटनमा अल्फा एकेडेमी र सिद्धार्थ लवडेल तथा फुटसलमा नेशनल क्रियशन र न्यू ग्यालेक्सीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । सामूहिक लोकनृत्य प्रतियोगिता संयोजकमा शिवराज पौडल तथा सदस्यमा पितृराज अधिकारी र विक्रम सुवेदी छन् । एकल गायन प्रतियोगिता संयोजकमा अर्जुनप्रसाद अधिकारी तथा सदस्य हेम रानाभाट, रुद्रप्रसाद अधिकारी, सल्लाहकार तिलकप्रसाद अधिकारी छन् ।
यसैगरी, चित्रकला संयोजकमा विष्णुप्रसाद पौडेल तथा सदस्यमा मित्र राई र सुरेशराज पाण्डे छन् । कविता वाचनमा हरिराज अधिकारी संयोजक तथा विक्रम सुवेदी र भुवन पौडेल सदस्य छन् । अभिनय संयोजकमा विक्रम सुवदी तथा सदस्य दीपु भारी र अशोक शर्मा छन् । विज्ञान तथा प्रविधि प्रतियोगिता संयोजक तोलाकान्त न्यौपाने तथा सदस्य अजय थापा र शालिग्राम पराजुली, हस्तकला प्रतियोगिता संयोजकमा रमेशराज पौडेल तथा सदस्य गगन गुरुङ र सोमनाथ पौडेल छन् ।
वक्तृत्वकलाको संयोजकमा हेम रानाभाट तथा सदस्य हरि धमला र मित्र राई, क्रिकेट संयोजकमा ज्ञानेन्द्रबहादुर थापा तथा सदस्य हिमाल गुरुङ र देवराज कार्की, फुटसल संयोजकमा अर्जुनप्रसाद पाण्डे तथा सदस्य ज्ञानेन्द्रबहादुर थापा, हिमाल थापा र सल्लाहकार केशवशरण पौडेल छन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो