स्वर्गीय माधव प्रसाद लम्सालको ४५ औँ पुण्यतिथि अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिका –१४, लामागेमा खुला रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा श्रवण माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा ४० युनिट रगत संकलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र केसीले उक्त जानकारी दिए ।
स्व. लम्सालको कात्तिक ७ गते सवारी दुर्घटनामा निधन भएको थियो । विद्यालयका पूर्व विद्यार्थी र नेपाल सरकारका उपसचिव समेत रहेका लम्सालको स्मृतिमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा स्याङ्जा जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष अधिवक्ता तुलसी गिरीले लम्सालको निधनले स्याङ्जाले असल व्यक्तित्व गुमाएको बताए । कृषि क्षेत्रमा उनी विज्ञ रहेका कारण उनीनिर निर्भरता ठूलो रहेको पनि उनले स्मरण गरे ।
विद्यालयका अध्यक्ष रबिन्द्र केसी, नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका सभापति दिनेश अर्याल, सदस्य विशेश्वर गिरी, परिवार तर्फबाट पृथ्वी लामिछानेलगायतले स्व. लम्सालको योगदान सदैव याद रहिरहने बताए । उनीहरूले कृषि तथा समाज सेवामा उनका कामहरू दीर्घकालसम्म प्रेरणादायी रहने बताए ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो