गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई

गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई

Galyang-rastrapati-cup-upadhi-bhanubhakta-aacharya-mabilai

स्याङ्जाको गल्याङ नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भानुभक्त आचार्य माध्यमिक विद्यालयले हासिल गरेको छ ।

तीन दिनसम्म तल्लोगल्याङ खेलमैदानमा चलेको प्रतियोगितामा भानुभक्त आचार्य माविले ६ स्वर्ण, ५ रजत र ३ कास्यसहित १४ पदक जित्दै उपाधि हात पारेको हो ।

प्रतियोगितामा समान १४ पदक नै जितेको सार्वजनिक मावि दोस्रो भएको छ । सार्वजनिक माविले ६ स्वर्ण, ३ रजत र ५ कास्य पदक हासिल गरेको थियो । ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित १३ पदक जितेको नेपाल राष्ट्र मावि तेस्रो बनेको छ ।

२२ विद्यालय सहभागी प्रतियोगितामा सात विद्यालय पदकबिहिन रहेका थिए । प्रतियोगितामा छात्र–छात्रा भलिबल, एथलेटिक्स, हाईजम्प, लङ्जम्प, सटपुट, मार्सल आर्ट करातेसहित ३२ विधामा प्रतिस्पर्धा भएको थियो ।

शिक्षा क्षेत्र नगरपालिकाको पहिलो प्राथमिकता भएको भन्दै गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले यस्ता गतिविधिले विद्यार्थीको क्षमता पहिचान गर्न सहयोग पुग्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds