लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबार सम्पन्न भएको छ । “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मूल नारा सहित एकीकृत विकास कार्यालय स्याङ्जाले अभियानको अन्तिम दिन जिल्ला स्तरीय महिला पञ्चेबाजा प्रतियोगिता सञ्चालन गरेको हो ।
प्रतियोगितामा भीरकोट नगरपालिकाको एकुवार मगर पञ्चेबाजा समूह प्रथम, फेदीखोला गाउँपालिकाको राम्चेदेवी उद्यमशील महिला समूह द्वितीय र पुतलीबजार नगरपालिकाको मातृभूमि आमा समूह तृतीय बनेका छन् । कालिगण्डकी गाउँपालिकाको विर्घा महिला पञ्चेबाजा समूहलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । उनीहरूलाई क्रमशः १२ हजार, ८ हजार, ६ हजार र ४ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको एकीकृत विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताए ।
उत्कृष्ट सनाई र ढोलक वादन गर्ने महिलालाई पनि सम्मान गरिएको कार्यक्रममा सहभागीहरूले पञ्चेबाजासँगै महिलाले भोग्ने हिंसाका कथन र अधिकारका माग गीतमार्फत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले महिलाहरू संस्कृति मात्र होइन, हरेक क्षेत्रमा सक्षम भएको प्रमाण प्रतियोगितामा देखाएको प्रस्तुतिले दिएको बताए । उपप्रमुख भगवती रेग्मी अर्यालले पञ्चेबाजा जस्ता मौलिक संस्कृतिको संरक्षणले सीप विकास र आत्मविश्वास बढाउने बताइन् । निवर्तमान मेयर छायाराम खनालले कुनै पनि किसिमका हिंसा सहन नहुने र प्रतिरोध गर्नुपर्नेमा जोड दिए ।
एकीकृत सेवा कार्यालय प्रमुख जीवन पौडेलले पञ्चेबाजाको सीपले आयआर्जनमा टेवा पुग्ने र परम्परागत सीप बोकेका समुदायको पेशालाई सम्मान प्रदान हुने विश्वास व्यक्त गरे ।
स्याङ्जा प्रहरीले कार्यक्रममा साइबर सुरक्षासम्बन्धी प्रशिक्षण पनि दिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सागर कार्कीले प्रविधिको दुरुपयोगका कारण महिला साइबर क्राइमको सिकार बन्ने गरेको बताउँदै सामाजिक सञ्जालमा नैतिकता र मर्यादा पालन सबैको जिम्मेवारी भएको बताए । उनले अनावश्यक टिप्पणी, अश्लील फोटो–भिडियो प्रसारण जस्ता कार्यले हिंसा बढाउने उल्लेख गर्दै डिजिटल सुरक्षा प्रति सचेत रहन आग्रह गरे ।
राष्ट्रिय लोक तथा दोहोरी क्षेत्रमा सक्रिय कलाकारहरूको निर्णायक टोलीले प्रस्तुतीको मूल्याङ्कन गरेको कार्यक्रममध्ये गायक लोकनाथ सापकोटाले आकर्षक प्रस्तुति दिएका थिए ।
सहभागी महिलाहरूले सांस्कृतिक सीप प्रदर्शनसँगै अब हिंसा विरुद्ध मुख खोल्ने आत्मविश्वास बढेको प्रतिक्रिया दिए । महिला अधिकारका मुद्दा गीत–संगीतमार्फत उठान गर्न भीरकोट नगरपालिकाको समन्वयमा भीरकोट खेलमैदानमा कार्यक्रम आयोजना गरिएको थियो । स्थानीय आमा समूह, विद्यार्थी तथा जनप्रतिनिधिलगायत करिब दुई हजारभन्दा बढीको उपस्थिति रहेको कार्यक्रम सञ्चारकर्मी विक्रम परियारले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ