पोखरामा मजदुरी काम गर्दै आएका साथीहरुबीच विवाद हुँदा एक जनाको ज्यान गएको छ ।
बुधबार राति पोखरा-१२ भद्रकाली नजिकै मदिरा पिउँदै कुरा गर्ने क्रममा विवाद भएपछि २ जना मिलेर एक जनाको हत्या गरेका हुन् ।
हिँड्दै जाने क्रममा भद्रकाली जंगल नजिकै खाली जग्गामा २ जना मिलेर ढुंगाले हानेर आफ्नै साथीको हत्या गरेको खुलेको छ ।
बिहीबार बिहान स्थानीयले घटना देखेर खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । मृतकलाई ढुंगाले हानेर हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानपछि मृत्यु हुनेमा पोखरा-१६ बाटुलेचौर घर भई वडा नम्बर १२ हस्पिटल चोक बस्ने ६० वर्षीय रमेश सुनार भएको प्रहरीले जनाएको छ ।
उनको हत्या गरेको अभियोगमा प्रहरीले दिउँसो पाल्पा रामपुर घर बताउने ३८ वर्षीय कृष्ण थापालाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।
घटनामा संलग्न १ जनाको खोजी भइरहेको उनले बताए । ‘उनीहरू जहाँ काम पाइन्छ, त्यहीँ पुग्ने, त्यतै बस्ने क्रममा पोखरा-१२ आइपुगेका रहेछन्,’ कार्कीले भने, ‘राति सँगै मदिरा पिएर बस्ने क्रममा विवाद भएपछि हत्या भएको खुल्न आएको छ ।’
हत्या गरेर फालिएको शव फेला परेपछि प्रहरीले कुकुरको सहायताले हत्यामा संलग्नहरूको खोजी थालेको थियो । सीसी क्यामेरा फुटेज, प्रत्यक्षदर्शीको समेत सहयोगमा हत्यामा संलग्न व्यक्ति पक्राउ गरेको एसपी कार्कीले जानकारी दिए ।
प्रहरीले कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको छ । मृतक सुनारको शव पोस्टमार्टमपछि श्रीमती र छोराले बुझेका छन् ।
सम्बन्धित खबर
प्रेमलाई ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’, पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब
बाढीप्रभावितको राहत तथा पुनःस्थापनाका लागि ईशा नेपालद्वारा १ करोड रुपैयाँ सहयोग
गण्डकीमा फणीन्द्रलाई फेरि ऊर्जा मन्त्रालय
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब