पोखरा । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा शनिबार युआरएल हस्पिटलचोकमा निशुल्क शिविर आयोजना गरिएको छ । शिविर २ सय पाँच जनाले ल्याब र ५२ जनाले दन्त परीक्षण सेवा लिएका छन् ।
युआरएलका मार्केटिङ डाइरेक्टर मणि न्यौपानेले सहभागीहरुको थाइराइड र मधुमेहका जाँच सित्तैमा गरिएको बताए । २०७० साल मंसिर २३ गते स्थापना भएको युआरएलले मंसिर १५ देखि मंसिरभर विभिन्न सेवामा विशेष छुटसमेत दिइरहेको छ ।
युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थले वार्षिकोत्सवको उपलक्ष्यमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गराउँदै गुणस्तरीय सेवा सर्वसाधारण दिन कार्यक्रम गरिएको जनाए । युआरएलले स्थापना कालदेखि नै आफैं र विभिन्न संघ, संस्थासँगको सहकार्यमा निशुल्क शिविरहरु आयोजना गर्दै आएको छ । हालसम्म भएका २१२ शिविरमा २ लाख १५ हजारले सित्तैमा सेवा पाएका छन् ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कन्सल्टेन्ट फिजिसियन डा कृष्णराज अधिकारीले कसरत नगर्ने तथा अस्वस्थ खानपानले (मधुमेह) सुगर हुने जोखिम बढाउने बताए । थाइराइडका कारण महिनावारी गढबढ हुने, मोटोपना बढ्ने जस्ता समस्या देखिने उनको भनाइ छ ।
डा अधिकारीले वंशानुगत कारणले मधुमेह हुन सक्ने उल्लेख गर्दै नियमित व्यायाम, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाएमा यस्ता रोगबाट बच्न सकिने स्पष्ट पारे । ‘सुगरले आँखा दाँतमा यौन दुर्वलता हुनेसमेत अध्ययनले देखाएको छ । कम्तीमा वर्षमा १ पटक पूर्ण शरीर जाँच गर्नुपर्छ यसले रोग प्रारम्भिक चरणमै पत्ता लगाउन र समयमै उपचार गर्न सहयोग पुग्नेछ,’ उनले भने ।
कपडा व्यवसायीलाई युआरएलमा छुट
कपडा व्यवसायी एसोसिएसन कास्कीमा आवद्ध व्यवसायीले पोखरा ८, न्युरोडमा रहेको युआरएलको प्रधान कार्यालय र यसका शाखाहरुबाट ३० प्रतिशत छुट पाउने भएका छन् ।
संस्थामा आवद्ध कपडा व्यवसायी र उनीहरुका अश्रित (आमाबुवा, छोराछोरी, श्रीमानश्रीमती र सासुससुरा)लाई स्वास्थ्य जाँच अन्तर्गत ल्याब परीक्षणमा यो सुविधा प्राप्त हुनेछ ।
यो सम्झौता पुस १ गतेदेखि २०८५ मंसिर मसान्त अर्थात ३ वर्ष सम्म हुनेछ । आइतबार युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थ र एसोसियसनका अध्यक्ष लेखनाथ पौडेलले हस्ताक्षर गरेका छन् ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?