६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा

६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा

Nyano-kapda-bitaran-namuna-club-pakhribot

स्याङ्जाको आँधीखोला गाउँपालिका –३ स्थित नमुना क्लब पाख्रीबोटले स्थानीय विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै न्यानो कपडा वितरण गरेको छ । जाडो मौसममा विद्यार्थीलाई राहत पुग्ने उद्देश्यले क्लबले ट्र्याकसुट वितरण गरेको हो ।

बिचारीचौतारामा रहेका अन्धाअन्धी प्रकाश मावि, राष्ट्रिय मावि, पाख्रीबोट आधारभूत विद्यालय, विपी स्मृति आधारभूत विद्यालय, साउनेटारी आधारभूत विद्यालय तथा कमल जैसी बाल विकास केन्द्रमा अध्ययनरत ११२ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको क्लबले जनाएको छ ।

कपडा वितरण कार्यक्रममा सहभागी हुँदै गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले युवाहरूले थालेको सामाजिक काम प्रशंसनीय रहेको बताए । उनले समाजप्रतिको जिम्मेवारी बोध गर्दै यस्ता कार्यमा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गरेका थिए । साथै, सामाजिक क्षेत्रमा सक्रिय संघसंस्थालाई गाउँपालिकाको तर्फबाट सधैँ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

क्लब स्वयं तथा स्थानीय समाजसेवीको सहयोगमा करिब एक लाख रुपैयाँ बराबरको न्यानो कपडा संकलन गरी विद्यार्थीलाई वितरण गरिएको क्लबका अध्यक्ष दिपेन्द्र पौडेलले जानकारी दिए । कार्यक्रमले विद्यार्थी र अभिभावकमा उत्साह थपेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds