स्याङ्जाको आँधीखोला गाउँपालिका –३ स्थित नमुना क्लब पाख्रीबोटले स्थानीय विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै न्यानो कपडा वितरण गरेको छ । जाडो मौसममा विद्यार्थीलाई राहत पुग्ने उद्देश्यले क्लबले ट्र्याकसुट वितरण गरेको हो ।
बिचारीचौतारामा रहेका अन्धाअन्धी प्रकाश मावि, राष्ट्रिय मावि, पाख्रीबोट आधारभूत विद्यालय, विपी स्मृति आधारभूत विद्यालय, साउनेटारी आधारभूत विद्यालय तथा कमल जैसी बाल विकास केन्द्रमा अध्ययनरत ११२ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको क्लबले जनाएको छ ।
कपडा वितरण कार्यक्रममा सहभागी हुँदै गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले युवाहरूले थालेको सामाजिक काम प्रशंसनीय रहेको बताए । उनले समाजप्रतिको जिम्मेवारी बोध गर्दै यस्ता कार्यमा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गरेका थिए । साथै, सामाजिक क्षेत्रमा सक्रिय संघसंस्थालाई गाउँपालिकाको तर्फबाट सधैँ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
क्लब स्वयं तथा स्थानीय समाजसेवीको सहयोगमा करिब एक लाख रुपैयाँ बराबरको न्यानो कपडा संकलन गरी विद्यार्थीलाई वितरण गरिएको क्लबका अध्यक्ष दिपेन्द्र पौडेलले जानकारी दिए । कार्यक्रमले विद्यार्थी र अभिभावकमा उत्साह थपेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो