जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लामो समयदेखि फरार रहेका दुई प्रतिवादीहरूलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारी ठगी मुद्दामा लामो समयदेखि फरार रहेकी एक महिलालाई २७ वर्षपछि पक्राउ गरिएको हो ।
वैदेशिक रोजगारी ठगी मुद्दामा जिल्ला अदालत स्याङ्जाले २०५५ साल जेठ २५ गते फैसला सुनाएपछि फरार रहेकी पुतलीबजार नगरपालिका –९ की ७० वर्षीया कृष्ण कुमारी गुरुङलाई मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए । अदालतले गुरुङलाई ९९ हजार १५० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो ।
यसैगरी, हाडनाता करणी मुद्दामा फरार रहेकी अर्की एक महिलालाई २५ वर्षपछि पक्राउ गरिएको छ । हाडनाता करणी मुद्दामा स्याङ्जा जिल्ला अदालतले २०५७ साल वैशाख २१ गते तीन महिनाको कैद सजाय सुनाएसँगै फरार रहेकी फेदिखोला गाउँपालिका –२ की ५० वर्षीया सावित्री खड्का भन्ने सापकोटालाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको प्रहरी निरीक्षक नेपालीले बताए ।
प्रहरी निरीक्षक नेपालीका अनुसार विशेष अप्रेशन टोलीले उनीहरूलाई पक्राउ गरी अदालतको फैसलाअनुसार गुरुङलाई जरिवाना भुक्तानीको प्रक्रिया अगाडि बढाएको छ भने सापकोटालाई कैद भुक्तानीका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको छ ।
प्रहरीले फरार प्रतिवादीहरूलाई खोजी गरी कानुनी दायरामा ल्याउने अभियानलाई निरन्तरता दिइने जनाएको छ ।
सम्बन्धित खबर
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?