जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लामो समयदेखि फरार रहेका दुई प्रतिवादीहरूलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारी ठगी मुद्दामा लामो समयदेखि फरार रहेकी एक महिलालाई २७ वर्षपछि पक्राउ गरिएको हो ।
वैदेशिक रोजगारी ठगी मुद्दामा जिल्ला अदालत स्याङ्जाले २०५५ साल जेठ २५ गते फैसला सुनाएपछि फरार रहेकी पुतलीबजार नगरपालिका –९ की ७० वर्षीया कृष्ण कुमारी गुरुङलाई मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए । अदालतले गुरुङलाई ९९ हजार १५० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो ।
यसैगरी, हाडनाता करणी मुद्दामा फरार रहेकी अर्की एक महिलालाई २५ वर्षपछि पक्राउ गरिएको छ । हाडनाता करणी मुद्दामा स्याङ्जा जिल्ला अदालतले २०५७ साल वैशाख २१ गते तीन महिनाको कैद सजाय सुनाएसँगै फरार रहेकी फेदिखोला गाउँपालिका –२ की ५० वर्षीया सावित्री खड्का भन्ने सापकोटालाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको प्रहरी निरीक्षक नेपालीले बताए ।
प्रहरी निरीक्षक नेपालीका अनुसार विशेष अप्रेशन टोलीले उनीहरूलाई पक्राउ गरी अदालतको फैसलाअनुसार गुरुङलाई जरिवाना भुक्तानीको प्रक्रिया अगाडि बढाएको छ भने सापकोटालाई कैद भुक्तानीका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको छ ।
प्रहरीले फरार प्रतिवादीहरूलाई खोजी गरी कानुनी दायरामा ल्याउने अभियानलाई निरन्तरता दिइने जनाएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा