स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् शैक्षिक महोत्सव हुने भएको छ । पुस ७ गतेदेखि ९ गतेसम्म पालिकाको खेलमैदानमा महोत्सव आयोजना गरिने प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिए ।
महोत्सवअन्तर्गत पालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीबीच छात्र–छात्रा मेमोरी टेस्ट, इन-आउट, ब्यालेन्स रेस, क्वीक रेस्पोन्स, चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य, डोरी तान्ने, हट पोट्याटो, वाटर रिले दौड, रिले दौड, बोरा दौड, हाइजम्प, लङजम्प, ट्रिपल जम्प, शटपुट, कबड्डी, ज्याभ्लिन थ्रो, भलिबल, बिच भलिबल तथा विभिन्न दूरीका दौड प्रतियोगिता सञ्चालन हुने अर्यालले बताए ।
पालिकाभित्रका २९ वटा विद्यालयका विद्यार्थीहरू महोत्सवमा सहभागी हुने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए । प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको एक लाख रुपैयाँ बराबरको बीमा गरिने व्यवस्था गरिएको छ ।
विद्यालय तहका विद्यार्थीमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने, प्रतिस्पर्धामार्फत प्रतिभावान खेलाडी छनोट गर्ने तथा उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्ने उद्देश्यले राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव आयोजना गरिएको अध्यक्ष तिवारीको भनाइ छ ।
सम्बन्धित खबर
माघे संक्रान्ति/माघी पर्वको अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना
निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा अवैध हतियार बुझाउन प्रशासनको आग्रह
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै
भीरकोट नगरसभाबाट दुई ऐन पारित
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
भीरकोटमा करेन्ट दुर्घटनाका घाइतेलाई नगरपालिकाको सहयोग
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच ४ घण्टा छलफल