स्याङ्जा सदरमुकाममा पहिलोपटक कपडा बैंक सञ्चालन हुने भएको छ । पुतलीबजार नगरपालिका र पुतलीबजार –३ मा रहेको लत्रेपिपल क्लबको साझेदारीमा स्याङ्जा बजार क्षेत्रमा कपडा बैंक स्थापना गर्न लागिएको हो ।
घरघरमा रहेका तर प्रयोगमा नआएका, साना वा साघुरा भएका तर लगाउन मिल्ने कपडा, झोला, जुत्तालगायतका सामग्री संकलन गरी आवश्यक पर्ने व्यक्तिलाई उपलब्ध गराउने उद्देश्यसहित कपडा बैंकको अवधारणा अघि सारिएको पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले बताए । उनका अनुसार संकलित कपडा आवश्यकता र मागका आधारमा वितरण गरिनेछ ।
यस बैंकबाट आवश्यकता परेका जो कोहीले पनि कपडा लिएर जान सक्ने व्यवस्था मिलाइने जनाइएको छ । प्रयोग गर्न नमिल्ने पुराना कपडाबाट डसना बनाएर वितरण गर्ने योजना समेत रहेको कपडा बैंक स्थापना कार्यक्रमका संयोजक तथा लत्रेपिपल क्लबका अध्यक्ष मनोज मल्लले जानकारी दिए ।
मल्लका अनुसार आवश्यकता र अभावमा रहेका व्यक्ति वा समुदायले आफैं आएर वा वडा कार्यालयमार्फत समन्वय गरेर पनि कपडा प्राप्त गर्न सक्नेछन् । कपडा बैंक सञ्चालनका लागि पुतलीबजार नगरपालिकाले स्याङ्जा बजारमा दुईवटा कोठा उपलब्ध गराएको छ ।
कपडा बैंक छिट्टै सञ्चालनमा ल्याइने तयारी भइरहेको जनाउँदै कार्यक्रम संयोजक मल्लले दराज, र्याक जस्ता सामग्री सहयोगका लागि सबैमा आह्वान गरेका छन् । उनले यो सामाजिक कार्य सफल बनाउन भौतिक, आर्थिक तथा नैतिक सहयोगको अपेक्षा गरिएको बताएका छन् ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?