पोखरा महानगरपालिका वडा नम्बर २१ कृस्ती दोपरे हर्राबोट क्षेत्रमा आगामी विहिबार सुन्तला महोत्सव हुने भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २१ को आयोजनामा पोखरामा यही पुस १० गते (बिहीबार) हुने सुन्तला महोत्सवको तयारी तिव्र पारिएको पोखरा २१ का वडाध्यक्ष दीपक प्रसाद सुवेदीले बताए ।
वडास्तरीय कृषि सञ्जालको समन्वय र पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको संयोजनमा हुन लागेको उक्त महोत्सवमा विभिन्न प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने भएको छ । महोत्सवको उद्घाटन पूर्व अवसरमा झ्याँकी सहितको ¥याली हुने भएको छ भने त्यसैगरी सुन्तला ग्रेडिङ गर्ने सुन्तला खाने प्रतियोगिता र बढी सुन्ताला उत्पादन गर्ने कृषकलाई सम्मान गरिने भएको छ ।
पोखराको सुन्तलाको पकेट क्षेत्र मानिएको पोखरा २१ कृषि क्षेत्रको सुन्तलाको प्रवद्र्धन गर्न पहिलो पटक सुन्तला महोत्सव हुने तयारी भएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताए । पोखरामा उत्पादन हुने सुन्तला मध्ये करिब ५०% जसो सुन्तला उत्पादन हुने पकड क्षेत्र कृषि भएको उनले दाबी गरे ।
सुन्तला महोत्सवमा सुन्तलाको पहाड बनाउने साथै स्थानीय स्तरमा उत्पादन भएका फलफुल तरकारी महको समेत बिक्री वितरण र प्रदर्शन हुने भएको छ । सुन्तलाको पहाड बनाई ग्रेडिङ गर्ने र ग्रेडिङ गरेका सुन्तला प्रति केजी १०० रुपैयाँमा बिक्री हुने तयारी गरिएको समेत कडरियाले बताए ।
पोखरा २१ कृषि क्षेत्रमा करिब १ हजार ५ सय देखि २ हजार टन सुन्तला उत्पादन हुने गरेको उहाँले उल्लेख गर्नुभयो। पछिल्लो केही बर्ष देखि सुन्तलाको वोटमा सिट्रस ग्रिनिङ रोगका कारण धेरै क्षेत्रमा सुन्तला माँसिदै गएको हो ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
आलु महोत्सवको तयारी अन्तिम चरणमा
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा