स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् शैक्षिक महोत्सव सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ । यहाँको वडा नम्बर १ स्थित पालिका खेलमैदानमा सुरु भएको प्रतियोगिताले गाउँपालिकाभरिका विद्यार्थीलाई एकै ठाउँमा जोडेको छ ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले खेलकुद र सिर्जनात्मक गतिविधि विद्यार्थीको नेतृत्व विकास र क्षमता उजागर गर्ने सशक्त माध्यम भएको बताए । उनले प्रतिस्पर्धामार्फत प्रतिभावान खेलाडी पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यसहित राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव आयोजना गरिएको बताए ।
कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत युवराज अर्याल, वडा नं -१ का वडा अध्यक्ष रण बहादुर थापा, पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक जीतबहादुर थापा, शैक्षिक कार्यदल संयोजक प्रेमप्रसाद देवकोटा, शिक्षक नारायण काफ्ले, लाल केसी तथा विद्यार्थी प्रतिनिधिहरू दिपीका काफ्ले, चेन्ज मेकर क्लबका आकृती तिवारी, सिजन रोका र आयुस चापागाईंलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
महोत्सवअन्तर्गत मेमोरी टेस्ट, इन–आउट, ब्यालेन्स रेस, क्विक रेस्पोन्स, चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य, डोरी तान्ने, हट पोट्याटो, वाटर रिले, रिले दौड, बोरा दौड, हाइजम्प, लङजम्प, ट्रिपल जम्प, शटपुट, कबड्डी, ज्याभ्लिन थ्रो, भलिबल, बिच भलिबल तथा विभिन्न दूरीका दौड प्रतियोगिता सञ्चालन भइरहेका छन् । प्रतियोगितामा ५० स्वर्ण, ५० रजत र ५० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
तीन दिनसम्म चल्ने महोत्सवमा गाउँपालिकाभित्रका २९ विद्यालयका करिब एक हजार खेलाडी सहभागी छन् । प्रतियोगितामा सहभागी सबै खेलाडीको एक लाख रुपैयाँ बराबरको बीमा गाउँपालिकाले गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ