स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ खाल्टेमा अग्रदिप युवा क्लबको आयोजनामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यही पुस १५ गतेदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबले जनाएको छ ।
प्रतियोगिताले स्थानीय खेलकुद गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको क्लबका अध्यक्ष नेत्रबहादुर रोकाले बताए । उनले प्रतियोगिताप्रति स्थानीयस्तरमा उत्साह र उमंग देखिएको उल्लेख गर्दै यसले गाउँपालिकाको खेलकुद विकाससँगै कला, संस्कार र संस्कृतिको जगेर्नामा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा प्रथम हुने टिमले ८१ हजार १११, दोस्रोले ५१ हजार १११, तेस्रोले ३१ हजार १११ र सान्त्वना टिमले ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर र उत्कृष्ट डिफेन्डरलाई समेत ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरिने खेल संयोजक जीवन कुमार रोकाले जानकारी दिए । प्रतियोगितामा टिम दर्ता शुल्क ६ हजार ५०० रुपैयाँ तोकिएको छ ।
खेलकुदसँगै कार्यक्रमलाई थप आकर्षक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने क्लबका सचिव गौतम रोकाले बताए । उनका अनुसार पुस १५ गते बिहान ११ : ३० बजे खाल्टे खेलमैदानमा पहिलो उद्घाटन खेल हुनेछ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्