गण्डकी प्रदेश सरकारअन्तर्गत स्याङ्जामा रहेका दुई कार्यालयले एकीकृत रूपमा सेवा दिन सुरु गरेका छन् । सदरमुकाममा छुट्टाछुट्टै स्थानबाट काम गर्दै आएका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालयले यहि पुस १ गतेदेखि एउटै कार्यालयमार्फत सेवा दिन थालेका हुन् ।
प्रदेश सरकारको निर्णयअनुसार उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहने गरी ‘एकीकृत सेवा कार्यालय’ स्थापना गरिएको हो । अब साविकका दुवै कार्यालयले प्रदान गर्दै आएका सबै सेवा यही एकीकृत कार्यालयबाट निरन्तर उपलब्ध हुने भएका छन् ।
कार्यालय प्रमुख जीवन पौडेलका अनुसार फरक–फरक प्रकृतिका काम गर्ने कार्यालय एकै ठाउँबाट सञ्चालन हुँदा सेवाग्राहीलाई सहज हुने र खर्चमा समेत मितव्ययिता आउनेछ । “सेवा छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित छ,” उनले भने ।
हाल एकीकृत सेवा कार्यालयले साविकको पर्यटन तथा उद्योग कार्यालय रहेको पुतलीबजार नगरपालिका–१, अभियानपथबाट सेवा दिइरहेको छ । यहाँ उद्योग तथा व्यवसाय दर्ता र नवीकरण, उद्यम प्रवर्द्धन, बजार अनुगमन, पर्यटकीय पूर्वाधार निर्माण तथा सीप र आयआर्जनसँग सम्बन्धित तालिम कार्यक्रम निरन्तर सञ्चालन हुने जनाइएको छ ।
त्यसैगरी, सामाजिक विकास कार्यालयबाट हुँदै आएका लक्षित वर्गका कार्यक्रम, क्षमता अभिवृद्धि तथा सीपमूलक तालिम, शिक्षा, संस्कृति र धार्मिक क्षेत्रका पूर्वाधार विकासका योजना पनि यही कार्यालयमार्फत अघि बढाइने छन् । एकीकृत सेवा कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी रहेको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा