संघीयता चाहिन्छ, संविधान बेस्ट नै छ: बालेन

राजनीति

संघीयता चाहिन्छ, संविधान बेस्ट नै छ: बालेन

balen shah

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफू अहिलेकै संविधान मानेर अघि बढ्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँग समानान्तर भेटवार्ता गरिरहेका उनी विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्वविवेकशील साझाका नेताहरूसँग पनि ‘म्याराथन मिटिङ’ गरिरहेका छन्।

ती भेटवार्तामा सहभागीहरूका अनुसार बालेनले आफू संविधान र संघीयताको पक्षमा रहेको बताउने गरेका छन्।

फागुन २१ को निर्वाचनलाई लक्ष्य गर्दै नयाँ राजनीतिक समीकरण बनाउने तयारीमा लागेका बालेनले जेनजी प्रतिनिधिहरूसँगको छलफल क्रममा संविधान, संघीयता र प्रत्यक्ष निर्वाचित कार्यकारीबारे प्रश्न उठ्दा बालेनले नेपालका लागि संघीयता चाहिने र अहिलेकै संविधान ‘बेस्ट’ छ भन्ने धारणा राखेको जेनजी प्रतिनिधि रक्षा बमले बताइन्।

‘संघीयता चाहिन्छ। यो संविधान बेस्ट नै छ। कार्यान्वयन गर्नेहरूले गल्ती गरेकाले समस्या भएको हो,’ बुधबार र बिहीबारको भेटवार्ता क्रममा बालेनको भनाइ उद्धृत गर्दै बमले सेतोपाटीसँग भनिन्,’प्रत्यक्ष कार्यकारीको विषयमा पनि हाम्रो छलफल भएको थियो।

संविधान, संघीयता र प्रत्यक्ष कार्यकारीबारे बालेनको जबाफ सुनेपछि आफू विश्वस्त भएको उनले बताइन्।

बालेनले यसरी संघीयताको पक्षमा धारणा राखेको पहिलो पटक सुनिएको हो। विगतमा उनी संघीयताको सवालमा प्रस्ट थिएनन्। अघिल्लो आमनिर्वाचनमा उनले प्रतिनिधिसभातर्फ मात्र भोट हालेका थिए, प्रदेशसभाको त मतपत्र नै लिएनन्।

बालेन जेनजी लगायत सबै नयाँ शक्तिलाई ‘देश विकास पार्टी’ मार्फत जोडेर निर्वाचनमा भाग लिने तयारीमा छन्। उनले आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुरको कुपण्डोलस्थित घरमा राजनीतिक छलफल गरेका हुन्। शुक्रबारबाट पार्टीको कार्यालय पनि खोलेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ