अवैध रूपमा पेट्रोल सञ्चय गरी बिक्रीवितरण गरेको आरोपमा स्याङ्जा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले फेदीखोला गाउँपालिका–२ स्थित एक एग्रोभेट पसलमा छापा मारेर पेट्रोल लुकाई राखिएको अवस्थामा फेला पारेको हो ।
शुक्रबार बिहान करिब ११ बजे अवैध रूपमा अति प्रज्वलनशील पदार्थ(पेट्रोल)को कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले फेदीखोला बजारमा रहेको “गंगा एग्रोभेट पसल”मा जाँच गरेको थियो । जाँचका क्रममा बिक्री गर्ने उद्देश्यले लुकाईछिपाई राखिएको २४.५ लिटर पेट्रोल बरामद गरिएको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेमा फेदीखोला गाउँपालिका–२ का ४२ वर्षीय गंगा प्रसाद पौडेल रहेका छन् । उनलाई कालोबजार सम्बन्धी कसूरमा नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा पौडेल यसअघि पनि अवैध रूपमा पेट्रोल बिक्री गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालयबाट २० हजार रुपैयाँ जरिवाना तिरेर छुटेको तथ्य खुलेको प्रहरी निरीक्षक कार्कीले बताए । प्रहरीले अवैध रूपमा इन्धनको कारोबार नगर्न सबैलाई सचेत गराउँदै यस्ता गतिविधिमा कडाइ गर्ने जनाएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन