स्याङ्जामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग हुँदै आएका सवारीसाधनहरू प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न स्थानबाट बालुवा, ढुङ्गा र गिट्टी बोकेका टिपर र ट्याक्टर फेला पारी कारबाही अघि बढाएको हो ।
शुक्रबार वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी गल्याङबाट खटिएको टोलीले गल्याङ नगरपालिका–३ बल्पुकबाट बालुवा लोड गरिएको टिपर (म.प्र.०३००२ ख १३५९) नियन्त्रणमा लिएको छ । यस्तै, वालिङ नगरपालिका–१ आँधीखोला किनारबाट ढुङ्गा बोकेको ट्याक्टर (ग १ त ४३९७) र वालिङ–११ आम्ले आँधीखोला किनारबाट अर्को ट्याक्टर (लु ४ त ६३४२) समेत नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सागर कार्कीले बताए ।
त्यसैगरी, बिहीबार जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वालिङको संयुक्त टोलीले वालिङ नगरपालिका–९ कल्लेरी आँधीखोला किनार तथा सुर्कौदी क्षेत्रबाट गिट्टी, बालुवा र ढुङ्गा ओसार्दै गरेका थप छ सवारीसाधनहरू नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । नियन्त्रणमा पर्नेमा ट्याक्टरहरु ग १ त ५६१५, ६२५६, ७३७१, ४०७०, ५२०६ तथा पुतलीबजार नगरपालिका–११ हेलुबाट गिट्टी–बालुवा बोकेको टिपर (ग १ क ३५०२) रहेका छन् ।
नियन्त्रणमा लिइएका सबै सवारीसाधनलाई सम्बन्धित प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो