वालिङ राष्ट्रपति रनिङ शिल्डको उपाधि नेपाल आदर्श माविलाई

वालिङ राष्ट्रपति रनिङ शिल्डको उपाधि नेपाल आदर्श माविलाई

second-waling-rastrapati-running-shield-upadhi-nepal-adarsha-mabi

स्याङ्जा वालिङ् नगरपालिकाको दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि नेपाल आदर्श माध्यमिक विद्यालयले हात पारेको छ ।

३०–३० स्वर्ण, रजत र कास्य पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल आदर्श माविले ११ स्वर्ण, छ रजत र चार कास्य गरी कुल २१ पदक जित्दै उपाधि हासिल गरेको हो । पूर्णमृत भवानी माध्यमिक विद्यालयले नौ स्वर्ण, चार रजत र दुई कास्यसहित दोस्रो स्थान हासिल गर्दा लक्ष्मी माध्यमिक विद्यालय तीन स्वर्ण र पाँच रजतसहित तेस्रो बनेको थियो ।

उपाधिसँगै आदर्श माविले ३० हजार रुपैयाँ नगदसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो बनेको पूर्णमृत भवानी माविले २० हजार र तेस्रो लक्ष्मी माविले १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।

२९ विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थी सहभागी प्रतियोगितामा छात्रा–छात्र भलिबल, कबड्डी, विभिन्न दूरीका दौड, रिले दौड, लङ जम्प, हाई जम्प, त्रिपल जम्प र ज्याभलिन थ्रो लगायतका खेल समावेश गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds