युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृति ‘रात्री आकाश’ शनिबार वालिङमा लोकार्पण गरिएको छ । कृति लोकार्पणसँगै वालिङ गजल उत्सव–२०८२ पनि गरिएको छ ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको सातौँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान–२०७६ को ३८ औँ पाइलाका रूपमा आयोजना गरिएको कार्यक्रम वालिङ नगरपालिका –८, बी.पी. चोकस्थित शुभम पार्टी प्यालेसको सभाहलमा भएको हो । कार्यक्रममा आधुनिक नेपाली मौलिक गजल लेखन अभियानलाई केन्द्रमा राखिएको थियो ।
कार्यक्रममा युवा गजलकार बाबू त्रिपाठी, गजलकारकी आमा प्रेमकान्ति ढकाललगायत साहित्यकारले संयुक्त रूपमा कृति लोकार्पण गरेका थिए । नेपाली लेखक संघ स्याङ्जाद्वारा प्रकाशित तथा युवा स्रष्टा मिलन समीरद्वारा सम्पादित ‘रात्री आकाश’मा १३१ वटा समसामयिक गजल समावेश छन् ।
कृति लोकार्पणपछि ‘रात्री आकाश’ तथा गजलकार ढकालको गजल यात्रामाथि सीता गौडेल गैह्रे र राहुल शङ्करले समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए । गजलकार ढकालले आफ्ना अनुभूति गजलीय मन्तव्यमार्फत व्यक्त गरेका थिए ।
गल्याङ नगरपालिका–११, लबरकोटमा जन्मिएका ढकाल हाल गल्याङ–९, अमिलाथुमस्थित जानकी माध्यमिक विद्यालयमा शिक्षण पेशामा आबद्ध छन् । वालिङ बहुमुखी क्याम्पसबाट स्नातक र नेपाल कमर्स क्याम्पस, काठमाडौँबाट स्नातकोत्तर अध्ययन पूरा गरेका ढकाल आधुनिक नेपाली गजल लेखनमा सक्रिय छन् । उनी जगत्रदेवी साहित्य संगम, गल्याङका सह–सचिवसमेत हुन् ।
कार्यक्रमको दोस्रो चरणमा आयोजित वालिङ गजल उत्सव–२०८२ मा मिलन समीर, शम्भु अर्याल, बसन्त खनाल, पारिश्वर न्यौपाने, ध्रुवप्रसाद पंगेनी, गजलयात्री एसी, सरस्वती अर्याल, दिलीप मगर, देवराज गैह्रे, पूजा रेग्मी, ढालबहादुर केसी, लेखनाथ काफ्ले, हिमालयजंग बानियाँ, नारायण न्यौपाने, राजु गैह्रे, चण्डिकाप्रसाद भण्डारी, प्रेमबन्धु सुवेदीलगायत जिल्लाभित्र र बाहिरका गजलकार तथा स्रष्टाहरूले आफ्ना सिर्जना वाचन गरेका थिए ।
समारोहका क्रममा गजलकारकी आमा प्रेमकान्ति ढकाल, उनकी अर्धाङ्गिनी कमला गैह्रे ढकालका अभिभावक, युवा गजलकार बाबू त्रिपाठी, कृतिका सम्पादक मिलन समीरलगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
स्याङ्जामा एक महिनामै २७ मुद्दा दर्ता, लागूऔषध र विपद्का घटना बढे
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
यो पनि पढौँ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते