तामझामपूर्ण तरिकाले पोखरामा आइतारदेखि सडक महोत्सव शुरु भएको छ। अंग्रेजी नयाँवर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराद्वारा पर्यटकीय केन्द्र लेकसाइडमा आयोजित पोखरा सडक महोत्सवको २७ औं संस्करण आईतबारदेखि शुरु भएको हो।
महोत्सवको उर्जामन्त्री कुलमान घिसिङले औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन्। महोत्सवको उद्घाटन अघि हल्लनचोकदेखि झाँकीसहितको र्याली निकालिएको थियो। विभिन्न जातजातिले आआफ्नो सांस्कृतिक झाँकीसहित सहभागी भएका थिए।
महोत्सव उद्घाटनमा बोल्दै घिसिङले पोखरा पर्यटनको हव भएकाले यससँग अन्य सहर र देशको कनेक्टिभिटी बढाउनुपर्ने बताए। पोखरालाई सडक र हवाई दुवै मार्गबाट कनेक्टिभिटी सहज बनाउनुपर्ने उनको भनाई थियो। उनले पोखराको गहना र पर्यटकीय केन्द्र भनेकै फेवाताल भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए। ‘स्थानिय र प्रदेश सरकारले फेवातालको संरक्षणको प्रयास गरिरहेको थाहा पाए,’ उनले भने,‘यसमा संघ सरकारको पनि भूमिका हुनुपर्छ, यसका लागि म प्रयास गर्छु।’

फरक प्रसंगमा मन्त्री घिसिङले फागुन २१ गतेको चुनावलाई सफल बनाउनु अहिलेको सरकारको मुख्य काम भएको बताए। चुनावले देशलाई स्थायित्वतर्फ लैजाने भन्दै उनले भने, ‘फागुन २१ मा चुनाव हुन्छ र हुनुपर्छ।’ उनले चुनाव नभए देश अस्थिरतामा जाने चेतावनी दिए। उनले चुनाव हुँदैमा समस्या समाधान नहुने बरु चुनावपछिको सरकार कसको हो भन्नेले महत्वपूर्ण अर्थ राख्ने उनको भनाई छ।
चुनावमा जनता पनि सचेत हुनुपर्ने उनले बताए। चुनाव पछि देशले आर्थिक परिवर्तनमा फड्को मार्नुपर्छ र त्यसका लागि देशमा सहि नेतृत्व आवश्यक रहेको भन्दै उनले अगाडि थपे,‘संसद र सरकारमा सहि व्यक्तिलाई चुन्नुहोला। यसमा विशेष ध्यान दिनुहोला।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्र्तर्राष्ट्रिय उडान नियमति बनाउनका लागि पहल गर्न मन्त्री घिसिङलाई आग्रह गरे। उनले भने,‘जिओपोलिटिक्सको कुरा के हो हामीलाई थाहा भएन र मतलब पनि भएन, तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालन गर्ने वातावरण मिलाउन म आग्रह गर्छु।’
‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ शुरु भको महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको अवसरमा लेकसाईडकको खहरेदेखि अम्बोटसम्मको करिब साढे ३ किलोमिटर क्षेत्रमा सडकमै खानाका परिकार व्यावसायीले पस्किनेछन्। महोत्सवस्थल लेकसाईडलाई अहिले दुलही झैं सिंगारिएको छ। जहाँ सडक क्षेत्रको आकासमा ध्वजापताका लगाइएको छ भने बिजुलीबत्तीले झकिझकाउ पारिएको छ। रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पोखरामा पाहुना तान्न यस्तो महोत्सवले सघाउने बताए।
महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता मेला संयोजक वसन्त गौतमले जानकारी दिए।
सम्बन्धित खबर
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
पोखरामा रिसाइकलिङ र अपसाइकलिङ मार्फत् हरित रोजगारी विस्तार
युआरएल हस्पिटलचोकमा शिविर
यो पनि पढौँ
पोखरा विमानस्थलमा ट्याक्सी चालकको दादागिरी, यात्रुसँग अभद्र व्यवहार गर्ने ५ जना कारबाहीमा
फेवातालको सिमसार पुर्ने युवराज खतिवडालाई अभद्र व्यवहारको कसुरमा मुद्दा
पोखराको कृष्तिमा पुस १० मा सुन्तला महोत्सवको तयारी
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात