काठमाडौं : उर्जा मन्त्री कुलमान घिसिङलाई उपसभापति बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी तयार भएको छ। स्रोतका अनुसार सोमबार भएको सहमति अनुसार सभापति रवि लामिछानेपश्चात दोस्रो वरियतामा रहने गरी घिसिङलाई उपसभापति दिने सहमति भएको हो।
यस अगाडि रवि लामिछाने सभापति र बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ। स्रोतका अनुसार त्रिपक्षीय सहमतिमा बालेनलाई तेस्रो वरीयतामा राखिने भएको छ। नयाँ सहमतिसँगै हालका उपसभापतिद्वय डीपी अर्याल चौथो र डा. स्वर्णिम वाग्लेको वरीयता पाँचौँमा रहने भएका छन् ।
सोमबार कुलमान घिसिङ र रवि लामिछानेबीच भएको भेटवार्तामा एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएको छ। सोमबार उर्जा मन्त्री कुलमान घिसिङ र रास्वपा रवि लामिछानेबीच भेटवार्तापछि दुवै एउटै दलबाट निर्वाचनमा जान सहमत भएको द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले जानकारी दिए।
सहमतिपत्रमा केहीबेरमा हस्ताक्षर हुने रास्वपाका एक नेताले जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टी भने परिवर्तन नहुने बताइएको छ। गुरुङले भने, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाइ छोडिम र इतिहासले सम्झनेछ। रवि, बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।’
सोमबार दिउँसो कुलमानलाई छुटाउन नहुने भन्दै गुरुङ रास्वपा कार्यालयमा पुगेका थिए। सहमतिको ड्राफ्ट केही समयमा सार्वजनिक गर्ने बताइएको छ। थप विवरण आउन बाँकी छ।
सम्बन्धित खबर
कुलमान घिसिङलाई रास्वपा उपसभापति बनाउन रवि तयार, बालेन तेस्रो वरियतामा
रवि-बालेन सहमतिपछि हर्क साम्पाङको कटाक्ष : ५ घण्टामा ३ दर्जन स्टाटस
नगरपालिका चलाउन नसक्नेले देश चलाउँछ भन्ने भ्रम पाल्नु हुन्नः महेश बस्नेत
माघको पहिलो साता राजीनामा दिँदै मेयर बालेन, काठमाण्डौको बागडोर सुनिताले सम्हाल्ने
रास्वपामा बालेनलाई रवि पछि दोश्रो वरीयता
रवि–बालेनबीच ७ बुँदे सम्झौता: रविले पार्टीको नेतृत्व गर्ने, बालेनलाई प्रधानमन्त्रीमा सारिने
यो पनि पढौँ
पोखरा विमानस्थलमा ट्याक्सी चालकको दादागिरी, यात्रुसँग अभद्र व्यवहार गर्ने ५ जना कारबाहीमा
फेवातालको सिमसार पुर्ने युवराज खतिवडालाई अभद्र व्यवहारको कसुरमा मुद्दा
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
प्रतिभा मावि १८ औं हिसान कास्की स्पोर्ट्स मीट च्याम्पियन, लगातार ४ वर्ष उपाधि जित्न सफल