न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन

क्लब गठन

न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन

News Photo

पोखरा बैदामस्थित न्याशनल इन्भेन्टिभ स्कूलमा अंग्रेजी स्क्र्याबल क्लब गठन गरिएको छ।

क्लबको अध्यक्षमा अनिमेष लामिछाने, उपाध्यक्षमा समिर क्षेत्री, र सचिवमा हर्षना श्रेष्ठ चयन भएका छन्। क्लबमा कुल ३२ जना सदस्यहरू रहेका छन्।

क्लबको गठन कार्यक्रम विद्यालयका संस्थापक तथा प्राचार्य  उमा लामिछानेको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। उक्त अवसरमा प्राचार्यले सम्पूर्ण पदाधिकारीहरूलाई शुभकामना दिँदै स्क्र्याबल खेलमार्फत विद्यार्थीहरूको अंग्रेजी भाषागत क्षमता र दिमाग विकासमा योगदान पुर्‍याउने क्लब स्थापना गरिएकोमा खुशी व्यक्त गरे ।

विद्यालय प्रशासन प्रमुख कृष्णराज गुभाजुले नवगठित क्लबका सम्पूर्ण पदाधिकारीहरूलाई स्वागत गर्दै अंग्रेजी सिक्न र दिमाग विकास गर्न सहयोग गर्ने स्क्र्याबल जस्ता खेलमार्फत नयाँ क्लब खोलिएकोमा खुशी व्यक्त गर्नुका साथै समय–समयमा स्क्र्याबल प्रतियोगिताहरू पनि आयोजना गर्ने बताए ।

त्यसैगरी, विद्यालयका अंग्रेजी शिक्षक सिपी पोखरेलले अंग्रेजी स्क्र्याबलको महत्वबारे प्रकाश पार्दै भने – ‘स्क्र्याबल खेल्दा विद्यार्थीले नयाँ–नयाँ अंग्रेजी शब्द सिक्ने अवसर पाउँछन्, जसले उनीहरूको शब्दभण्डार विस्तार गर्न सहयोग पुर्‍याउँछ। यस खेलमार्फत स्पेलिङ (हिज्जे), उच्चारण, र शब्द प्रयोग जस्ता भाषागत तत्त्वहरूमा पनि क्रमिक सुधार आउँछ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ