रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबिच चुनावी तालमेलको सहमति जुटेको खबर बाहिरिएलगत्तै धरान उपमहानगरका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फेरी प्रतिक्रिया जनाएका छन्।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै साम्पाङले एक्लै चुनाव लड्ने आँट नभएपछि उनीहरुबिच गठबन्धन भएको जिकिर गरे। हर्कले उनीहरूको जमानत जफत हुने दाबी समेत गरे।
साम्पाङले फेसबुकमा लेखेका छन्- ‘अहिले जो–जो गठबन्धन गर्दैछन्, उनीहरूको जमानत जफत हुने देखिन्छ ! नत्र त एक्लै लडिहाल्थे नि ! हुतिहाराहरू !’
मेयर साम्पाङले जेन-जी पुस्तालाई पनि आफ्नो पार्टीमा लाग्न अपिल गरेका छन्। उनले रवि–बालेनको नयाँ गठबन्धनले युवाको माग सम्बोधन गर्न नसक्ने जिकिर गरे। उनले बालेन र रवतर्फ संकेत गर्दै उनीहरूलाई ‘गेमर’ को संज्ञा दिए।
‘जेन-जी हो, तपाईंहरूको माग श्रम संस्कृतिले मात्रै पूरा गर्नेछ,’ साम्पाङले अगाडि लेखेका छन्, ‘अरु त सबै गेमर हुन् ! उनीहरूको काम छैन ! उल्टो थुन्छ मात्रै !’
रास्वपा, बालेन र कुलमानबिच चुनावी मोर्चाबन्दी तय भएको घोषणा भएसँगै साम्पाङले उनीहरूविरुद्धको वाकयुद्धलाई थप आक्रामक बनाएका छन्।
सम्बन्धित खबर
मुकुलको प्रश्न : ‘भोलि बालेन्द्र प्रधानमन्त्री हुँदा कोही संसद् भवन जलाउन आए प्रहरीले के गर्छ?’
चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
जेनजी अभियन्ता तनुजाका ९ प्रश्न: शान्तिपूर्ण प्रदर्शनको दिशा कसले बदल्यो? सिंहदरबार जलाउन कसले उक्सायो?
मतदानमा दुई लाख २१ हजार कर्मचारी खटिँदै
कार्की नेतृत्वको आयोगको प्रतिवेदन फागुन २२ भित्रै सार्वजनिक गर्न जेनजी फ्रन्टको माग
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस