समानुपातिक उम्मेदवार विवादबारे रविले पोखरा आएर भनेः ‘सहमति र सूची बुझाउने समय एकै पर्‍यो’

राजनीति

समानुपातिक उम्मेदवार विवादबारे रविले पोखरा आएर भनेः ‘सहमति र सूची बुझाउने समय एकै पर्‍यो’

rabi lamichhane pkr

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी विधानभन्दा बाहिर नजाने बताएका छन्।

समानुपातिक सूची विवादमा परेपछि बुधबार कास्की पुगेका सभापति लामिछानेले परिवारवादमा जान विधानले नै रोक्ने बताएका हुन्।

कुलमान घिसिङसँग अन्तिम घडीमा एकता गर्दा सूची तलमाथि परेको भए मिलाउने पनि उनले बताएका छन्।

‘पछिल्लो परिस्थिति राजनीतिक घटनाक्रमहरू भए। हामी नयाँ हौं। जसरी एक ठाउँमा उभिएर जाने निर्णय अलिकति छोटो समयमा भयो, त्यसले हामीलाई अलिकति तयारीमा हाम्रो समय नपुगेको जरूर हो। हामीले के पनि भनेका छौं भने अहिले सार्वजनिक चासोमा आउनुभन्दा अगाडि नै हामीले यो चाहिँ रिभ्यु गर्ने समय हुन्छ भन्ने कुरालाई मध्यनजर राख्दै अहिले चाहिँ किन भने कुलमानजीसँग हामीले इलेभेन्थ आवरमा गरेका हौं,’ उनले भने, ‘उता सूची बुझाउनु छ, यता सहमति हुँदै थियो। यी विभिन्न कारणहरूले हो। त्यहाँ केही समस्या भएको हो भने हामी हेर्न सकौंला भनेर पनि हो। हामीले हेर्छौं भनेकै छौं।’

रास्वपासँग विधि भएको बताउँदै उनले विधिभन्दा बाहिर कुनै हालतमा पार्टी नजाने बताएका।

‘परिवारवादमा रास्वपा स्पष्ट छ। विधानले नै दिँदैन। कथम् कदाचित् सबै विधिहरू नाघेर कोही जानु नै भएछ भने पनि राइट टु रिकलसम्बन्धी व्यवस्थाको रास्वपा विधानले गरेको छ। यो अभ्यास हामीले अघिल्लो प्रतिनिधि सभामा गरेकै हौं। त्यसले हामी सचेत छौं। सयमले गर्दा अरू पनि केही विवाद छन् कि भनेर हामी कुरिरहेका छौं,’ उनले भने।

‘हामीले केही व्यक्तिको नाम निकाल्ने तयारी गरेका छौं, ११० जना समानुपातिक सूचीबाट १० जना हटाउँदा केही फरक पर्दैन,’ उनले भने ।

विभिन्न पेशा व्यवसायका मानिसको राजनीतिक चेतलाई चुनौती दिन नहुने भन्दै लामिछानेले सबै क्षेत्रको प्रतिनिधित्व प्रतिनिधी सभामा गर्न लागिएको बताए ।

अर्को प्रसंगमा लामिछानेले काठमाडौं महानगरका मेयर बालेन र उर्जामन्त्री कुलमान घिसिङसँग भागवण्डा भन्दा पनि जिम्मेवारीको बाँडफाँड गरेको बताए । बालेनसँग भएको ७ बुँदे सहमतिमा एउटा बुँदा मात्र भागवण्डा देखिएको भन्दै उनले बाँकी बुँदाको पनि अध्यन गर्न आग्रह गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ