भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लियो बुद्ध एयरको विमान

दुर्घटना

भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लियो बुद्ध एयरको विमान

जहाज धावनमार्गको अन्तिम विन्दुबाट करिब डेढ सय मिटर अगाडि पुगेको छ

buddha

काठमाडौँ । शुक्रबार बुद्ध एयरको जहाज झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएको छ ।

काठमाडौँबाट भद्रपुर उडान भरेको ९ एन–एमएफ कलसाइन भएको एटीआर ७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको हो ।

सो जहाजमा ५१ जना यात्रु रहेका थिए । विमानमा सवार यात्रु एवं चालक दलका ४ जना सकुशल रहेको बुद्ध एयरले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल कार्यालयका अनुसार यो घटना ८ बजेर २० मिनेटमा भएको हो ।

यो बुद्धको अन्तिम उडान थियो । यो जहाज राति त्यहीं बसेर भोलि बिहान पहिलो उडानमा काठमाडौं फर्किने जहाज हो ।

काठमाडौंबाट गएको एटीआर धावनमार्गको एक जीरो विन्दुबाट अवतरण भएको थियो भने पूर्वतर्फ २८ नम्बर विन्दुबाट बाहिर गएको थियो । यो विमानस्थलको धावनमार्गको लम्बाई १५ सय मिटर रहेको छ ।

जहाज धावनमार्गको अन्तिम विन्दुबाट करिब डेढ सय मिटर अगाडि पुगेको छ । भौतिक पूर्वाधारमा कुनै क्षति भएको छैन । पानीको भेल बग्ने कुलेसोमा पुगेर जहाज रोकिएको छ ।

यो विमान चिप्लिएकाले भोलि (शनिबार) उडान हुने/नहुने टुंगो लागिसकेको छैन । भद्रपुर विमानस्थल प्रमुख किशोर कुमार खत्रीले प्राधिकरणसँग समन्वय गरेर उक्त जहाज निकाल्ने काम हुने बताए । जहाजमा के–कति क्षति पुगेको छ यसबारे बुद्धका इन्जिनियरले अध्ययन गर्नुपर्ने उनले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ