स्याङ्जामा १५ वर्षीया बालिका मृत्यु प्रकरणका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–१३ मा बस्ने १५ वर्षीया बालिकाको मृत्यु भएको घटनासँग सम्बन्धित प्रतिवादी लामो समयदेखि फरार रहँदै आएका थिए ।
२०८० चैत ११ गते बालिकाको मृत्यु भएपछि प्राप्त जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले स्थानीय ४४ वर्षीय राजेन्द्र प्रसाद तिवारीलाई शुक्रबार पक्राउ गरेको हो । घटना पश्चात् लुकिछिपी बस्दै आएका तिवारीलाई पोखरा महानगरपालिका–१७, बिरौटाबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कास्की र जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउपछि तिवारीलाई ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक सागर कार्कीले बताए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले यस घटनालाई सूक्ष्म तवरले अनुसन्धान गर्ने बताउँदै घटनासँग सम्बन्धित तथ्य र प्रमाण संकलनको काम तीव्र रूपमा भइरहेको जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ