भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगले हामी नेपालका संस्थापक सुदन गुरूङसँग बयान लिएको छ।
आइतबार आयोगको कार्यालयमा उपस्थित भएर उनले बयान दिएका छन्।
गुरुङसँगको सोधपुछ नसकिएकाले सोमबार पनि जारी रहने आयोगका एक कर्मचारीले बताए । उनी आन्दोलनमा स्वयंसेवकको रूपमा पुगेका थिए । जेनजी आन्दोलन सफल भएपछि उनले प्रधानमन्त्रीदेखि विभिन्न निकायहरूमा पुगेर विभिन्न माग राखी दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।
सुदन गुरूङले पनि सामाजिक सञ्जालमा आफू हामी नेपालीसँग आवद्ध आर्थिक कारोबार सम्बन्धी हालसम्मका सम्पूर्ण कागजातसहित उपस्थित भएको लेखेका छन्।
आफूमाथि लगाइएका आरोपको सत्यतथ्य प्रमाणका आधारमा स्पष्ट पार्ने उद्देश्यले आफू स्वयं छानबिन प्रक्रियामा अगाडि बढेको गुरूङले बताएका छन्।
आयोगसमक्ष उनले आर्थिक कारोबारसँग सम्बन्धित आवश्यक कागजात प्रस्तुत गर्दै आरोप निराधार रहेको दाबी गरेका छन्।
छानबिन आयोगले प्रस्तुत कागजात र बयानको अध्ययनपछि थप प्रक्रिया अघि बढाउने जनाएको छ।
यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी नेता प्रचण्डलाई आफ्नो भनाइ राख्न पत्र पठाएको आयोगले काठमाडौं महानगरपालिकाका मेयर बोलन शाहलाई पनि प्रश्नावली सहितको पत्र पठाएको छ ।
प्रमुख दुई दलका नेताहरूलाई झै उनलाई पनि आन्दोलनसँग सम्बन्धित प्रश्न पठाइएको हो ।
सम्बन्धित खबर
भीमफेदीको जुरीखेतमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु
गुण्डु पुगेका आयोगका कर्मचारीलाई ओलीको जवाफ- मिडियातिर पनि बोलेको छु, त्यहीँ हेर्नुस्
जेनजी आन्दोलनबारे सुदन गुरुङसँग आयोगको सोधपुछ सुरु, बालेनलाई पनि प्रश्नावलीसहित पत्र
रास्वपाको केन्द्रीय समितिमा बालेन्द्र शाह पक्ष र विवेकशील साझाबाट को-को थपिए ? [नामावली]
बुद्ध एयरका को–पाइलट श्रेष्ठको भद्रपुरमा उपचार जारी, ६ जना घर फर्किए
राष्ट्रपतिले दिए कार्की आयोगलाई जवाफ, देउवा र प्रचण्डले दिन बाँकी
यो पनि पढौँ
कांग्रेसका पूर्वमन्त्री कुमार खड्कासहित एमालेका नेता अधिकारी रास्वपा प्रवेश
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
कुलमान घिसिङलाई रास्वपा उपसभापति बनाउन रवि तयार, बालेन तेस्रो वरियतामा
१५ वर्षीया बालिका मृत्यु प्रकरण: पुतलीबजारका ४४ वर्षीय तिवारी पक्राउ