गायक प्रशान्त तामाङ रहेनन्

दुःखान्त

गायक प्रशान्त तामाङ रहेनन्

हृदयघातका कारण ४३ वर्षको उमेरमा निधन

prashanta-tamang

काठमाडौं । नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार असामयिक निधन भएको छ । उनको ४३ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको गायक प्रमोद खरेलले जानकारी दिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्‍यो । प्रिय प्रशान्त तामाङ हामीबिच रहनु भएन छ । उफ् ! वैकुण्ठ मा वास होस ।’

उनीसहित कैयन् गायक र सेलिब्रेटीहरुले उनको निधनबारे सामाजिक सञ्जालमा लेखका छन् ।

तामाङको हृदयघातका कारण निधन भएको निर्माता राजेश कौशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै पुष्टि गरे ।

उनी भारतीय मूलका नेपालीभाषी गायक हुन् । तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् ।

इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ