सात जना बालिका र एक महिलालाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा प्रमोद ढकाललाई २५ वर्षको जेल सजाय तोकिएको छ । उनलाई बेलायतको क्याम्ब्रिज क्राउन अदालतले त्यस्तो सजाय सुनाएको हो ।
बीबीसीका अनुसार १७ वर्षसम्म चलेको अपराध कर्मका दौरान ढकालले आठ वर्षकी एक बालिकामाथि समेत बलात्कार गरेको अदालतले बताएको छ ।
पिटरबरोको ग्रेन्ज रोडका बासिन्दा ४९ वर्षीय ढकाललाई त्यहाँको अदालतले २५ वटा यौन अपराधमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाएको छ । उनले गरेका अपराधहरूमा १३ वर्षभन्दा कम उमेरका बालिकामाथि बलात्कारका पाँच मुद्दा र १३ वर्षभन्दा बढी उमेरका बालिकामाथि बलात्कारका दुई मुद्दा समावेश थिए ।
ढकालको पुर्ख्यौली घर कास्की र पछि काठमाडौँमा गएर बसेको बताइन्छ । ढकाल केही वर्षदेखि पिटरबरो क्षेत्रमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका थिए।
सन् २०२३ नोभेम्बरमा एक पीडितले आफ्नो परिवारसँग गोप्य कुरा खोलेपछि ढकाल पक्राउ परेका थिए। त्यसपछि थप सात जना पीडित खुलेका थिए।
पीडितमध्ये एक जनाबाहेक सबै यौन दुराचार गरिँदा बालिका थिए; त्यसमा सबैभन्दा सानीको उमेर जम्मा ८ वर्ष थियो। सात जना पीडित क्याम्ब्रिजसायरका र एक जना लन्डनकी थिइन्। धेरै जना पीडितले विश्वास नगर्ने डरले लामो समयसम्म मुख खोलेका थिएनन्।
क्याम्ब्रिज क्राउन कोर्टका न्यायाधीश मार्क बिसपले सोमबार (डिसेम्बर १) मा ढकालविरुद्ध २५ वर्ष कैद र थप ८ वर्ष ‘विस्तारित लाइसेन्स अवधि’ (रिहा भए पनि कडा निगरानी) को सजाय सुनाएका हुन्।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन