जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बिरुवा गाउँपालिका–६ लेवा क्षेत्रबाट अवैध रूपमा लुकाइछिपाइ राखिएको भरुवा बन्दुक र त्यससँग सम्बन्धित सामग्री बरामद गरेको छ ।
गोप्य सूचनाका आधारमा शनिबार खटिएको प्रहरी टोलीले स्थानीय ७२ वर्षीय राम बहादुर सुनारको घरमा खानतलासी गर्दा भरुवा बन्दुक लुकाइ राखिएको तथा मर्मत कार्य भइरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनास्थलबाट विभिन्न प्रकारका भरुवा बन्दुक तथा गोली–बारुदसम्बन्धी सामग्री बरामद गरिएको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
उनका अनुसार एकनाले भरुवा बन्दुक एक थान, नाल भएको तर पाटपुर्जा जडान नभएको भरुवा बन्दुक दुई थान र नाल नभएको पाटपुर्जा जडान नभएको भरुवा बन्दुक एक थान बरामद गरिएको छ। त्यस्तै, फलामे रड चार थान, भरुवा बन्दुकको छुच्ची छ थान, वारुद १४२ ग्राम, सिसाका छर्रा १०७ वटा, केप छ थान र वारुद बनाउन प्रयोग हुने षोडा एक केजी समेत फेला परेको छ ।
यसका साथै भरुवा बन्दुक बनाउन प्रयोग हुने फलामको घोडा तीन थान, चिम्टी दुई थान, फलामको किला चार थान र फलामको चाप एक थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सुनारलाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा