स्याङ्जाको भीरकोट नगरपालिकाले करेन्ट लागेर गम्भीर घाइते भएका स्थानीय मनि खनालको उपचारमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको हालै बसेको १३४ औँ बैठकले खनाललाई ५० हजार रुपैयाँ उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।
वडा नं ६ चाप्टारीका ५६ वर्षीय खनाल पुस १२ गते रूखमा घाँस काट्ने क्रममा करेन्ट प्रवाह भएर गम्भीर घाइते भएका थिए । स्थानीयका अनुसार बुटबल पावर कम्पनी लिमिटेडको सेवा प्रवाहमा देखिएको जोखिम र लापरबाहीका कारण रूखमै करेन्ट पुगेको थियो, जसबाट खनाल दुर्घटनामा परेका हुन् ।
नगर प्रवक्ता दीपेन्द्र केसीले घाइतेको अवस्था र पारिवारिक अवस्थालाई मध्यनजर गर्दै उपचार सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए । यस्तै, नगरपालिकाका सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख सीताराम खनालले कार्यपालिकाले क्षतिपूर्तिसम्बन्धी निर्णय सर्वसम्मत रूपमा गरेको बताए ।
दुर्घटनामा खनालको दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो । भीरकोट नगर अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको थियो । खुट्टा आंशिक रूपमा जलेको पाइएकोपछि चिकित्सकको सल्लाहमा उनलाई काठमाडौँको कीर्तिपुर अस्पताल रिफर गरिएको छ, जहाँ हाल उपचार भइरहेको छ ।
यसैबीच सेवा प्रदायक बुटबल पावर कम्पनीले भने हालसम्म कुनै किसिमको क्षतिपूर्ति नदिएको पीडित पक्षको गुनासो छ । दुर्घटना र क्षतिपूर्तिको विषयमा आँधीखोला जलविद्युत केन्द्र, गल्याङका प्रमुख डोलप्रसाद खरेलसँग सम्पर्क गर्दा उनले घटनाबारे जानकारी भए पनि उपचार खर्च वा क्षतिपूर्ति दिन कानुनी व्यवस्था नभएको प्रतिक्रिया दिए ।
यद्यपि, मानवीय आधारमा भए पनि कम्पनीबाट सहयोग हुनसक्ने बताउँदै खरेलले घटनाको विस्तृत विवरणसहित बिपिसीको केन्द्रीय कार्यालयमा पत्राचार गरिएको जानकारी दिए ।
सम्बन्धित खबर
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ
पुतलीबजारले बाढीपीडितका लागि २७ लाखभन्दा बढी सहयोग गर्ने
बिरुवाले बाढीपीडितका लागि ३० लाखभन्दा बढी सहयोग गर्ने
चापाकोटका वडा अध्यक्षमाथि मोविल छ्यापिएको घटना, एमालेले कुटपिट र आगो लगाउने प्रयास भएको आरोप लगायो
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब