राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलका नेताहरू समेत राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा उभिन थालेको दाबी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित पार्टी एकीकरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादी (हाल नेपाली कम्युनिष्ट पार्टी) भित्रका असन्तुष्ट नेता-कार्यकर्ताहरू खुलेरै राप्रपाको एजेन्डाको पक्षमा बोल्न थालेको बताएका हुन्।
लिङ्देनले भने, ‘सर्वसाधारणको कुरा छोड्नुस्, अहिले कांग्रेस, एमाले र माओवादीमा बसेका नेताहरू समेत खुलेर राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा तथा संघीयताको विपक्षमा बोल्न थालेका छन्।’
उनले २०६२/६३ को राजनीतिक परिवर्तनपछि राजसंस्थाको मुद्दा अहिले सबैभन्दा लोकप्रिय र उत्कर्षमा पुगेको जिकिर गरे। देशमा अभिभावकीय संस्थाका रूपमा राजा र पहिचानका रूपमा हिन्दु राष्ट्र अपरिहार्य भएको महसुस जनताले गर्न थालेको उनको भनाइ थियो।
अध्यक्ष लिङ्देनले आउँदो निर्वाचनमा राप्रपालाई देशको पहिलो शक्ति बनाउने उद्घोष समेत गरे।
विगतमा पार्टी टुटफुट हुँदा कमजोर देखिए पनि यसपटक ५१ सालपछि पहिलो पटक राप्रपा एकढिक्का भएर चुनावमा जाने र वैकल्पिक शक्तिका रूपमा उदाउने उनले दाबी गरे।
भ्रष्टाचारको प्रसंग कोट्याउँदै उनले आफूले लामो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरे। उनले भने, ‘यतिको लामो राजनीतिक जीवनयात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्ने तागत राख्ने नेतृत्व राप्रपाले गरेको छ।’
कार्यक्रममा डा. सुरेन्द्र भण्डारी नेतृत्वको नेपाल नागरिक पार्टी र डा. सुन्दर सिंह बोहरा नेतृत्वको नेपाल आवाज पार्टी राप्रपामा औपचारिक रूपमा विलय भएका छन्।
अध्यक्ष लिङ्देनले नवप्रवेशीहरूलाई स्वागत गर्दै समान विचार राख्ने अन्य शक्तिहरूलाई पनि राप्रपामा समाहित हुन अपिल गरे।
सम्बन्धित खबर
मुकुलको प्रश्न : ‘भोलि बालेन्द्र प्रधानमन्त्री हुँदा कोही संसद् भवन जलाउन आए प्रहरीले के गर्छ?’
चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
जेनजी अभियन्ता तनुजाका ९ प्रश्न: शान्तिपूर्ण प्रदर्शनको दिशा कसले बदल्यो? सिंहदरबार जलाउन कसले उक्सायो?
मतदानमा दुई लाख २१ हजार कर्मचारी खटिँदै
कार्की नेतृत्वको आयोगको प्रतिवेदन फागुन २२ भित्रै सार्वजनिक गर्न जेनजी फ्रन्टको माग
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस