गगन थापा र विश्वप्रकाश शर्मा सहितलाई कांग्रेसबाट निष्काशनको घोषणा

राजनीति

गगन थापा र विश्वप्रकाश शर्मा सहितलाई कांग्रेसबाट निष्काशनको घोषणा

पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासित

gagan bishwaprakash

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरललाई पार्टीबाट निष्काशन गर्ने घोषणा गरेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्काशनको घोषणा गरेको हो ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संस्थापन पक्षीय केन्द्रीय समिति बैठकले थापा र शर्मालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी पाँच वर्षका लागि कारबाही गर्ने निर्णय गरेको हो।छ।

विशेष महाधिवेशन आह्वान गरेका महामन्त्रीद्वय थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै समानान्तर रूपमा निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएपछि संस्थापन पक्षले कडा कदम चालेको हो।

पार्टी विभाजन रोक्न भन्दै पछिल्ला दिनमा विभिन्न चरणमा नेताहरूबीच संवाद भएको थियो। मंगलबार मात्रै नेताहरूले तीन चरणमा छलफल गरेका थिए भने आज (बुधबार) बिहान पनि महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। तर, उक्त छलफलले कुनै निकास निकाल्न सकेन।

वार्ता निष्कर्षविहीन भएपछि विशेष महाधिवेशन पक्षधरले निर्वाचन समितिलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो।

यता संस्थापन पक्षले कारबाहीको घोषणा गरिरहँदा अर्को पक्षले भने चुनावी प्रक्रिया तीव्र पारेको छ। निर्वाचन समितिका अनुसार सभापति पदमा गगन थापाको उम्मेदवारी दर्ता भइसकेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ