अर्जुनचौपारीमा सेभेन–ए–साइड खुला पुरुष फुटबल प्रतियोगिता हुने

अर्जुनचौपारीमा सेभेन–ए–साइड खुला पुरुष फुटबल प्रतियोगिता हुने

football_goal-pic

शहीद दिवसको अवसर पारेर स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा खुला पुरुष सेभेन–ए–साइड फुटबल प्रतियोगिता हुने भएको छ । भाया गाइज दरौँखोला फुटबल क्लब तथा युथ फर अर्जुनचौपारीको संयुक्त आयोजनामा हुने प्रतियोगिता माघ १६ गतेदेखि सुरु हुने बताइएको छ ।

अर्जुनचौपारी गाउँपालिका–१ स्थित अर्जुनचौपारी खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेल” भन्ने नारासहित प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख १ रुपैयाँ र द्वितीय हुने टिमले ५० हजार एक रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै हाई स्कोरर, बेस्ट किपर, बेस्ट डिफेन्डर, बेस्ट इमर्जिङ प्लेयर र बेस्ट प्लेयरलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने खेल संयोजक निशान गुरुङले जानकारी दिए ।

युवा पुस्तालाई खेलकुदमार्फत एकताबद्ध गर्दै स्थानीय खेलकुद विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ