गगनलाई मान्यता दिने निर्णय दूराशयपूर्ण रहेको देउवा पक्षको निष्कर्ष, भोलि सर्वोच्च जाने निर्णय

राजनीति

गगनलाई मान्यता दिने निर्णय दूराशयपूर्ण रहेको देउवा पक्षको निष्कर्ष, भोलि सर्वोच्च जाने निर्णय

deuba khadka

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षलाई आधिकारिता दिने निर्णय दूराशयपूर्ण भएको निष्कर्ष निकालेको छ ।

आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालत जाने निर्णय भएको नेता प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको देउवा समूहको बैठकले आयोगको निर्णय संविधान, कानून र कांग्रेसको विधानविपरीत भएको निष्कर्ष निकालेको महतले बताए ।

‘हाम्रो बैठकले कांग्रेसको सम्बन्धमा निर्वाचन आयोगले माघ २ गते गरेको निर्णय संविधान प्रचलित कानून र विधानको विरुद्ध गरिएको ठहर गरेको छ,’ महतले भने, ‘ तथाकथित विशेष महाधिवेशनको वैधानिकता नहेरी दूषित मनसायले प्रेरित रहेको ठहर गर्दछ ।’

देउवा पक्षले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने समेत निर्णय गरेको छ । ‘देशको सबभन्दा ठूलो दलको केन्द्रीय समितिलाई अवैधानिक भन्दै तथाकथित विशेष महाधिवेशनको नाममा नेतृत्व परिवर्तन गरेको कुरालाई मान्यता दिने निर्णय कांग्रेसलाई क्षति पुर्‍याउने देखिन्छ,’ महतले भने, ‘आयोगको दूराशयपूर्ण निर्णयका लागि संवैधानिक र राजनीतिक निरुपण भोलि सर्वोच्च अदालतमा जान्छौं ।’

पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले आयोगले सबै कुराको अध्ययन नगरी निर्णय गरेको भन्दै कानूनी उपचारमा जानुपर्ने निष्कर्ष निकालेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ