स्याङ्जामा एमालेका उम्मेदवार टुंगिए, क्षेत्र १ बाट गुरुङ र क्षेत्र २ बाट थापा चयन

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

स्याङ्जामा एमालेका उम्मेदवार टुंगिए, क्षेत्र १ बाट गुरुङ र क्षेत्र २ बाट थापा चयन

Gurung from Constituency 1 and Thapa from Constituency 2 are selected as candidates from Syangja UML

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ । एमालेले निर्वाचन क्षेत्र नम्बर १ बाट मिनप्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ बाट खिमबहादुर थापालाई उम्मेदवार चयन गरेको हो ।

स्याङ्जा–१ का उम्मेदवार गुरुङ गण्डकी प्रदेश सभाका पूर्व सांसद हुन् । लामो समयदेखि राजनीतिसँगै सामाजिक संघ–संस्थामा सक्रिय रहँदै आएका उनी एमाले स्याङ्जाको पूर्व अध्यक्षसमेत भइसकेका छन् । संगठन निर्माण र स्थानीय तहमा पार्टी विस्तारमा योगदान पुर्‍याएको भन्दै पार्टीले उनलाई उम्मेदवार बनाएको जनाएको छ ।

यस्तै, स्याङ्जा–२ बाट उम्मेदवार बनेका खिमबहादुर थापा हाल कालिगण्डकी गाउँपालिकाका अध्यक्ष छन् । उनी दोस्रो कार्यकालका लागि गाउँपालिकाको नेतृत्व गरिरहेका छन् । थापा २०७४ र २०७९ सालमा अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय महासचिवसमेत रहेका थापा हालै सम्पन्न एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । एमालेले संगठनात्मक क्षमता र स्थानीय तहमा कामको अनुभवका आधारमा उनलाई उम्मेदवार छनोट गरिएको जनाएको छ ।

एमालेले उम्मेदवार टुङ्ग्याएसँगै स्याङ्जामा निर्वाचनको माहोल थप तातेको छ । अन्य राजनीतिक दलहरू पनि आ–आफ्ना उम्मेदवार छनोट गर्ने तयारीमा जुटिरहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ